काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् ।
जीवन बीमा समूह ०.९६ प्रतिशत र निर्जीवन बीमा समूह १.४१ प्रतिशतले घटेको छ । आज दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयरभाउ ०.३० प्रतिशत र शिखरको ०.२७ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.५० प्रतिशतले घटेर १३८० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको १.९४ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.१८ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.१६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६२ प्रतिशत, एनएलजीको २.५५ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.४८ प्रतिशत, सानिमा जिआइसीको २.६६ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.१० प्रतिशत, युनाइटेड अजोडको २.२९ प्रतिशत, हिमालयन रि को ०.९३ प्रतिशत र नेपाल रि को सेयरभाउ ३.४० प्रतिशतले घटेको छ ।
यसका साथै एशियन लाइफको १.७९ प्रतिशत, सिटिजन लाइफको १.४२ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.०१ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.५६ प्रतिशत, हिमालयन लाइफको ०.५७ प्रतिशत, आइएमई लाइफको ०.८२ प्रतिशत, एलआइसी नेपालको ०.९६ प्रतिशत, नेपाल लाइफको ०.६७ प्रतिशत, नेशनल लाइफको ०.४४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.६२ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.९१ प्रतिशत, सूर्यज्योति लाइफको १.३९ प्रतिशत, सन नेपाला लाइफको ०.६९ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.९५ प्रतिशतले घटेको छ ।

