काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफा ४८.४८ प्रतिशतले घटेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १० करोड ६३ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले विद्युत बिक्री आम्दानी भने बढेको छ । कम्पनील विद्युत बिक्रीमार्फत १७ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीबाट १४ करोड १२ लाख आर्जन गरेको थियो ।
कम्पनीको अन्य आम्दानी भने ह्वात्तै घटेकारे छ । कम्पनीको अन्य आम्दानी १८ करोड ९३ लाखबाट घटेर २ करोड २४ लाखमा सीमित बनेको छ । कम्पनीले यो अवधिमा खर्च नियन्त्रण गर्न भने सफल भएको छ । कम्पनीको कुल खर्च ७ करोड ७३ लाखबाट घटेर ६ करोड ३२ लाखमा झरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब १७ करोड र कुल चालु दायित्व १३ करोड ३७ लाख रुपैयाँ रहेको छ ।
यो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.२० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.६४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२५.६७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४९.७० गुणा र तरलता अनुपात १६.३० प्रतिशत कायम भएको छ ।

