सोमबार, फाल्गुन ४,२०८२ 02:05:27
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 02:05:27
Bizshala
Global IME Bank Limited

रिलायन्सको मूल्य बढाउन ६३% सम्पत्ति गुमाएर बिक्री गर्नेमाथि कारबाही हुने, आईपीओ मूल्यमा पुग्न करिब ५० करोबार दिन लाग्ने

रिलायन्सको मूल्य बढाउन ६३% सम्पत्ति गुमाएर बिक्री गर्नेमाथि कारबाही हुने, आईपीओ मूल्यमा पुग्न करिब ५० करोबार दिन लाग्ने
Shivam Cement

काठमाण्डौ । नेपालको पूँजीबजारमा सोमबार इतिहासकै दुर्लभ घटनाको सुरुवात भएको छ ।  

रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको सेयर सूचिकरण भई आज(सोमबार) पहिलो कारोबार भयो, जहाँ आईपीओमा लगानी गरेको मूल्यभन्दा ६२.७१ प्रतिशत कममा झरेर न्यून कित्ता मात्र कारोबार भयो । पहिलो कारोबारका क्रममा मूल्य २ प्रतिशत बढेर प्रतिकित्ता ३०६ रुपैयाँ पुगेको देखिएको छ ।  

यो कम्पनीले सर्वसाधारणका लागि ८२०.८० रुपैयाँ प्रतिकित्ताका दरले आईपीओ निश्कासन गरेको थियो । यसरी आईपीओमा हालेको मूल्यबाट करिब ६३ प्रतिशत सम्पत्ति गुमाएर बिक्री गर्न तयार गरिएको सेटिङअनुसार नै पहिलो दिनको कारोबार भएको देखिएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

हुन त यसरी ६३ प्रतिशत हाराहारीमा सम्पत्ति गुमाएर बिक्री गर्ने को थियो भन्ने विषय चाँडै खुलासा हुने नै छ । त्यो व्यक्तिलाई रिलायन्सकै ठूला सेयरधनीले परिचालन गरी बिक्री गर्न लगाएर पहिलो कारोबार सम्भव बनाएको स्रोतहरुको भनाई छ ।  

यसरी कुनै पनि कम्पनीको मूल्य प्रभावित पार्ने उद्देश्यले ६३ प्रतिशत घाटा व्यहोरेर बिक्री गरिनुलाई नेप्सेका केही अधिकारीहरुले 'गैरकानूनी काम' भनेका छन् । उनीहरुले भनेअनुसार यो प्रकरणमा पनि छानबिन हुन्छ कि हुँदैन, त्यो भविष्यले देखाउला, तर उनीहरुको भनाईमा रिलायन्सको मूल्य माथि उठाउनैका लागि ६३ प्रतिशत हाराहारी घाटा व्यहोरेर बिक्री गर्नुले समेत बिक्री गर्नेको नियत मूल्य बढाउने नै हो भन्ने देखिने बताएका छन् । नियोजित ढंगले कुनै पनि सूचिकृत कम्पनीको मूल्य बढाउने खेल खेल्नु गैरकानूनी मानिन्छ र यस्तो खेलमा संलग्नमाथि पनि कडा कारबाही हुने कानूनी व्यवस्था छ । यदि यही विषयमा गम्भीर छानबिन हुने हो भने रिलायन्सका प्रमुख संस्थापक नै कारबाहीमा पर्ने देखिन्छ ।  

'हुन त बिक्री गर्नेले आफूलाई पैसा आवश्यक भएर बिक्री गरेको वा बिक्री गर्न पाउनु आफ्नो अधिकार भएको तर्क गर्ला । तर रिलायन्सको सोमबारको कारोबारमा त्यस्तो तर्कले काम गर्दैन । कुनै पनि लगानीकर्ताले आईपीओमा हालेको पैसामा ६३ प्रतिशत गुमाएर बिक्री गर्नैसक्दैन ।' नेप्सेका एक अधिकारीले भने-' पैसाकै समस्या पर्दा पनि ३०६ मा बिक्री गर्नुभन्दा सूचिकरण भइसकेको सेयर बैंकमा धितो राखेर ऋण लिँदा योभन्दा बढी पैसा पाइन्छ । त्यसकारण जसले बिक्री गर्यो वा गर्छ उसको नियत स्पष्ट देखिन्छ । त्यो हो, रिलायन्सको सेयरमूल्य बढाउने खेल सफल पार्नू । यो विषयमा छानबिन हुनुपर्छ र दोषी किटान गरी कडा कारबाही हुनुपर्छ ।'  

यसैबीच, रिलायन्सको मूल्य २ प्रतिशतले बढेर ३०६ पुगेको छ, पहिलो कारोबार दिन । यो समाचार तयार पार्दासम्म करिब ११ लाख कित्ता खरीदतर्फ अर्डर पोस्ट भएको छ । बिक्रीतर्फ भने शून्य कित्ता देखिन्छ । यसरी खरीदतर्फ उच्च माग भए पनि बिक्री गर्ने नहुनुले कम्पनीको मूल्य बढेर आईपीओ मूल्यसम्म पुग्नलाई कयौं दिन लाग्ने देखिन्छ । यो पनि नेपालको पूँजीबजारमा नयाँ र कालो इतिहास बन्ने निश्चित देखिन्छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

मानौं, अबका प्रत्येक कारोबार दिनमा रिलायन्सको सेयर २ प्रतिशतले बढ्दै गयो भने पनि आईपीओ मूल्य ८२०.८० रुपैयाँमा पुग्नलाई कम्तीमा ५० कारोबार दिन लाग्ने देखिन्छ ।  

नेपाल वा विश्वका कुनै पनि पूँजीबजारमा सायद यस्तो कालो इतिहास छैन, जहाँ आईपीओ जारी गरेको मूल्यबाट ६३ प्रतिशत सम्पत्ति लगानीकर्ताले पहिलो कारोबार दिन नै गुमाउन पुगे र आईपीओ मूल्यमा पुग्न झण्डै २ महिना नै लाग्ने अवस्था बन्न गयो ।

हुन त रिलायन्सको आईपीओ मूल्यको विषयमा सुरुवातदेखि नै प्रश्नहरु उठ्दै आएका छन् । पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)ले २ वर्ष पुरानो वित्तीय विवरणका आधारमा रिलायन्सलाई ८२०.८० रुपैयाँमा आईपीओ निश्कासनको अनुमति दिएको थियो । यो प्रकरणमा सेबोन नेतृत्वमाथि नै करोडांै घूस बुझेको आरोप लगाउँदै अख्तियार लगायतका निकायमा उजुुरीहरु दर्ता भएका छन् ।  

अर्थ मन्त्रालयले यो प्रकरणमा छानबिन गर्न भने पनि धितोपत्र बोर्डकै निगाहाका कारण रिलायन्सले निर्वाध आईपीओ निश्कासन गर्न सकेको थियो । अहिले मन्त्रालयको निर्देशनमा बनाइएको छानबिन समिति र त्यसको प्रतिवेदन नै अलपत्र पारिएको छ ।  

घटनाक्रमहरु केलाउँदा सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ नै रिलायन्सलाई महंगोमा आईपीओ बिक्री गराउने प्रकरणमा मुख्य सहयोगीको रुपमा देखिन्छन् । यो विषयमा समेत तालुकदार निकायहरुले छानबिन गरिरहेका र चाँडै निश्कर्ष आउने लगानीकर्ताको अपेक्षा छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.