बुधबार, फाल्गुन १३,२०८२ 12:22:24
Bizshala
  • बुधबार, फाल्गुन १३,२०८२ 12:22:24
Bizshala
Global IME Bank Limited

टाइगर होटल फरेष्टको आतिथ्य व्यवसाय विस्तार

टाइगर होटल फरेष्टको आतिथ्य व्यवसाय विस्तार
Shivam Cement

काठमाण्डौ । तिलोत्तमा–१३, कोटिहवा क्षेत्रमा टाइगर प्यालेस बाई सोल्टी नजिकै टाइगर होटल फरेष्ट प्रालिले आफ्नो आतिथ्य व्यवसाय विस्तार गर्दै नयाँ परियोजना सुरु गरेको छ। शान्त र हरियाली वातावरणमा विकसित यो रिसोर्टले लुम्बिनी प्रदेशको पर्यटन क्षेत्रमा फरक पहिचान बनाउने लक्ष्य राखेको होटलले जनाएको छ।

परियोजनामा प्राकृतिक परिवेश, खुला स्थान र मौलिक काठ संरचना प्रयोग गरिएको छ, जसले यसलाई परम्परागत होटलभन्दा अलग बनाउँछ। होटल परिसरमा हाल सञ्चालनमा आएको बारसिङ्गे बियर गार्डेन आगन्तुकको मुख्य आकर्षण बनेको छ। यहाँ बारसिङ्गे बियरका सबै भेराइटी ड्राफ्ट प्रणालीमार्फत ताजा र स्वादिष्ट बियर उपलब्ध छन्, जसलाई खुला आकाशमुनि हरियाली वातावरणमा अनुभव गर्न सकिन्छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

काठबाट बनेको रेस्टुरेन्टमा अनुभवी शेफद्वारा तयार गरिएका नेपाली र भारतीय परिकारहरू सुपथ मूल्यमा उपलब्ध छन्। लाइभ म्युजिकसहितको वातावरणले परिवार वा साथीहरूसँग समय बिताउन आगन्तुकलाई सहज र आत्मीय अनुभूति दिन्छ।

होटलमा हाल २० वटा लक्जरी भिल्ला र कोठा प्रारम्भिक सञ्चालनमा छन्। प्राकृतिक सामग्री प्रयोग गरेर निर्माण गरिएका यी संरचनाले वातावरणमैत्री सन्देश दिने मात्र नभई बसाइलाई विशेष अनुभव पनि बनाउँछन्। डान्स क्लब, स्पा सेवा र १५०० व्यक्तिसम्मको क्षमता भएको बैंकेट हल समेत सञ्चालनमा रहेका छन्।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सञ्चालक मिनराज भुसालका अनुसार, हालसम्म करिब १५० करोड रुपैयाँ लगानी भइसकेको छ। आगामी चरणमा थप १५० करोड लगानी गरी कुल ३०० करोडको पाँचतारे रिसोर्ट विकास गर्ने योजना छ। नयाँ चरणमा स्वीमिङ पुल, क्यासिनो, गार्डेन, बालबालिकाको खेल क्षेत्रसहित थप ८० वटा काठ भिल्ला निर्माण गरिनेछ।

सञ्चालकले स्वदेशी काठ (सल्लो, साल) प्रयोग गरेर संरचना निर्माण गर्दा कानुनी स्पष्टता अभाव भएको र यसमा स्पष्ट कार्यविधि आवश्यक रहेको बताए। हाल होटलले करिब ७० स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएको छ भने पूर्ण सञ्चालनपछि ठूलो संख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.