बुधबार, श्रावण ६,२०८३ 08:27:13
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 08:27:13
Bizshala
Global IME Bank Limited

सामसुङको ‘ग्यालेक्सी अनप्याक्ड’ कार्यक्रम आज प्रत्यक्ष प्रसारण हुँदै

सामसुङको ‘ग्यालेक्सी अनप्याक्ड’ कार्यक्रम आज प्रत्यक्ष प्रसारण हुँदै
New Office

काठमाण्डौ । सामसुङ इलेक्ट्रिोनिक्सले आफ्नो वार्षिक प्रविधि कार्यक्रम ग्यालेक्सी अनप्याक्ड २०२६ आज (२५ फेब्रुअरी २०२६) राति ११ः४५ बजे विश्वव्यापी प्रत्यक्ष स्ट्रिमिङमार्फत आयोजना गर्ने भएको छ। कम्पनीले कार्यक्रममार्फत मोबाइल प्रविधिमा आधारित आफ्ना नवीनतम आविष्कार तथा एआई–समर्थित सुविधाहरू सार्वजनिक गर्ने जनाएको छ।

कम्पनीका अनुसार यस वर्षको ग्यालेक्सी अनप्याक्डले प्रयोगकर्ताको दैनिक जीवनलाई अझ सहज, व्यक्तिगत र जोडिएको बनाउने उद्देश्यसहित विकसित गरिएका बुद्धिमान प्रविधिहरू प्रस्तुत गर्नेछ। अत्याधुनिक डिजाइन, उच्च प्रदर्शन क्षमता र स्मार्ट इकोसिस्टम इन्टिग्रेशन यस कार्यक्रमका मुख्य आकर्षण रहने बताइएको छ।

सामसुङ एमएक्स डिभिजनका डाइरेक्टर प्रणय रत्न स्थापितले कार्यक्रमबारे प्रतिक्रिया दिँदै भने, ‘ग्यालेक्सी अनप्याक्ड’ हाम्रो अर्थपूर्ण नवप्रवर्तनप्रतिको प्रतिबद्धताको प्रतीक हो। हामी यस्ता प्रविधि सार्वजनिक गर्न उत्साहित छौं, जसले प्रयोगकर्ताको आवश्यकतासँग बुद्धिमानीपूर्वक अनुकूलन गर्दै अनुभवलाई अझ सहज, जोडिएको र व्यक्तिगत बनाउनेछ।’

कार्यक्रम नेपालसहित विश्वभरका दर्शकहरूले अनलाइनमार्फत प्रत्यक्ष हेर्न सक्नेछन्। प्रत्यक्ष स्ट्रिमिङ कम्पनीको आधिकारिक वेबसाइटमार्फत उपलब्ध हुनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.