बुधबार, बैशाख २,२०८३ 02:38:43
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 02:38:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सजिलो एसेट म्यानेजमेन्ट र ओमेगा क्यापिटल एडभाइजर्सबीच समझदारीपत्रमा हस्ताक्षर

Bizshala
सजिलो एसेट म्यानेजमेन्ट र ओमेगा क्यापिटल एडभाइजर्सबीच समझदारीपत्रमा हस्ताक्षर
Shivam Cement

काठमाण्डौ । नेपालमा रियल इस्टेट विकास तथा लगानी प्रवद्र्धनलाई थप सुदृढ बनाउने उद्देश्यले सजिलो एसेट म्यानेजमेन्ट र ओमेगा क्यापिटल एडभाइजर्स बीच औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सजिलो एसेट म्यानेजमेन्ट नेपालमा आवासीय, व्यावसायिक, मिश्रित उपयोग तथा प्लटिङ हाउजिङ परियोजनाहरूको विकास, निर्माण, बिक्री तथा मार्केटिङ कार्यमा संलग्न एक प्रतिष्ठित कम्पनी हो । कम्पनीले गुणस्तरीय पूर्वाधार विकास र व्यवस्थित आवासीय योजनामार्फत आधुनिक शहरीकरणमा योगदान पु¥याउँदै आएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यसैगरी, ओमेगा क्यापिटल एडभाइजर्स नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट विधिवत रूपमा घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र प्राप्त कम्पनी हो ।

कम्पनीले घरजग्गा खरिद–बिक्री तथा लेनदेन सहजीकरण गर्ने, परियोजना बिक्री तथा मार्केटिङ परामर्श दिने, रियल इस्टेट लगानी परामर्श सेवा प्रदान गर्ने, सम्पत्ति मूल्याङ्कन तथा बजार विश्लेषण गर्ने, लगानीकर्ता समन्वय तथा पूँजी व्यवस्थापन सहयोग गर्ने, कानूनी तथा प्रक्रिया सम्बन्धी परामर्श सेवा उपलव्ध गराउने, कानुनी प्रक्रिया तथा कागजी कार्यसम्पादन परामर्श दिने जस्ता कार्यहरु गर्दै आईरहेको छ ।

CG Motors
Garima Development Bank
IME remit

ओमेगा क्यापिटल एडभाइजर्सले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, विराटनगर महानगरपालिका, धरान उपमहानगरपालिका, ईटहरी उपमहानगरपालिका, पोखरा महानगरपालिका, बुटवल उपमहानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, तुल्सीपुर उपमहानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका, जनकपुर उपमहानगरपालिका, वीरगञ्ज महानगरपालिकामा सेवा प्रदान गर्न इजाजत प्राप्त गरेको छ ।

उक्त समझदारीपत्र अन्तर्गत सजिलो एसेट म्यानेजमेन्टद्वारा विकास गरिने परियोजनाहरूको बिक्री व्यवस्थापन, बजार विस्तार, लगानीकर्ता समन्वय तथा सम्पूर्ण लेनदेन सहजीकरण कार्य ओमेगा क्यापिटल एडभाइजर्सले गर्नेछ ।

यस सहकार्यले रियल इस्टेट क्षेत्रमा व्यवसायिकता, पारदर्शी, विश्वसनीय कारोबार प्रणाली विकास गर्न तथा संस्थागत लगानी प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.