काठमाण्डौ । नबिल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ७१ हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
सेयरको न्यूनतम मूल्य ३५० रुपैयाँ तोकिएको छ । यसर्थ बोलपत्र आवेदन पेश गर्दा न्यूनतम मूल्य वा सो भन्दा बढी मूल्य पेश गर्नुपर्नेछ ।
इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र नक्सालमा रहेको बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङबाट आवेदन दिनु पर्नेछ ।

