काठमाण्डौ । धेरैले घरको वाइफाइ स्लो हुनुको कारण राउटर बिग्रिएको बुझ्ने गर्छन् । तर विशेषज्ञहरूका अनुसार यस्तो हुनुको मुख्य कारण राउटरको खराबी नभई सेटिङहरूमा केही समस्या हुन सक्छ । सही सेटिङ परिवर्तन गरेपछि इन्टरनेटको स्पीड बढाउन सकिन्छ।
विशेषज्ञहरूले वाइफाइ राउटरमा मुख्य रूपमा दुई सेटिङ जाँच गर्नु जरुरी रहेको सुझाव दिएका छन् । ती हुन् –वायरलेस च्यानल र क्वालिटी अफ सर्भिस(क्युओएस)।
आजकालका नयाँ राउटरहरूले धेरै वायरलेस च्यानलहरूमा काम गर्छन्। धेरै डिभाइसहरू प्रायः ‘अटो’ सेटिङमा रहन्छन्। घनाबस्ती भएका क्षेत्रमा छिमेकी नेटवर्कहरू एउटै च्यानलमा हुँदा इन्टरनेटको स्पीड घट्छ। त्यसैले राउटरको सेटिङ पेजमा गएर हाल कुन च्यानल प्रयोग भइरहेको छ भनेर जाँच गर्नु र खाली च्यानल चयन गर्नु उपयुक्त हुन्छ।
राउटरको फर्मवेयर अपडेट गर्नु अत्यन्त आवश्यक हुन्छ । पुरानो फर्मवेयर चलाउँदा वाइफाइको कनेक्टिभिटीमा समस्या आउन सक्छ र सुरक्षा जोखिम बढ्छ। प्रत्येक राउटर मोडेलको लागि उपलब्ध लेटेस्ट फर्मवेयर म्यानुअली डाउनलोड गरी अपडेट गर्नुपर्ने हुन्छ। यसले नेटवर्कको स्थायित्व बढाउँछ र सुरक्षा जोखिम घटाउँछ।
प्रायः वाइफाइ राउटरहरूले डिफल्ट रूपमा आईपीएसका डीएनएस सर्भर प्रयोग गर्छन्। तर प्रयोगकर्ताले पपुलर सार्वजनिक डिएनएस (जस्तै गूगल डीएनएस वा क्लाउड डीएनएस सेट गर्दा ब्राउजिङ अनुभव छिटो र प्राइभेट रहन्छ।
विशेषज्ञहरूले साना सेटिङ परिवर्तनले पनि इन्टरनेटको स्पीडमा ठूलो सुधार ल्याउन सक्छ र राउटर बदल्नै नपरेको अवस्थामा पनि प्रयोगकर्तालाई सहज अनुभव मिल्नमो जोड दिएका छन् ।

