Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

२१% ले बढ्यो रेमिट्यान्स, श्रम स्वीकृति लिनेको संख्या २ लाख बढी

Global IME Bank Limited
२१% ले बढ्यो रेमिट्यान्स, श्रम स्वीकृति लिनेको संख्या २ लाख बढी
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स(विप्रेषण आप्रवाह) २१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा यस्तो देखिएको हो । समीक्षा अवधिमा रेमिट्यान्स रु.९ खर्ब ६१ अर्ब २२ करोड पुगेको छ । 

जुन अघिल्ला आवको सोहि अवधिको तुलनामा २१ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृती (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४हजार २७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७६१ र १ लाख ९२हजार ५५९ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई रु.१०४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.