मंगलवार, फाल्गुन २६,२०८२ 02:19:29
Bizshala
  • मंगलवार, फाल्गुन २६,२०८२ 02:19:30
Bizshala
Global IME Bank Limited

दुई दिनअघि मात्र इरानको सर्वोच्च नेता चुनिएका मोज्तबा खामेनेईमाथि पनि आक्रमण, गम्भीर घाइते भएको खुलासा

Hyundai Nepal
दुई दिनअघि मात्र इरानको सर्वोच्च नेता चुनिएका मोज्तबा खामेनेईमाथि पनि आक्रमण, गम्भीर घाइते भएको खुलासा
Shivam Cement

काठमाण्डौ । दुई दिनअघि मात्र इरानको नयाँ सर्वोच्च नेताका रूपमा चयन भएका मोज्तबा खामेनेई इजरायलले गरेको हवाई आक्रमणमा घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको मृत्यु भएपछि सर्वोच्च नेतृत्व सम्हालेका मोज्तबा हालैको सैन्य कारबाहीको क्रममा लक्षित आक्रमणमा परेका बताइएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

विदेशी सञ्चारमाध्यमका अनुसार इजरायलले इरानका सैन्य तथा उच्च नेतृत्वसँग सम्बन्धित स्थानहरूमा आक्रमण गरेको थियो। सोही क्रममा मोज्तबा खामेनेई घाइते भएका प्रारम्भिक रिपोर्ट सार्वजनिक भएका हुन्। आक्रमणपछि उनलाई तत्काल सुरक्षित स्थानमा सारिएको र उपचार भइरहेको जनाइएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी भने अझै सार्वजनिक गरिएको छैन। इरानी अधिकारीहरूले घटनाबारे औपचारिक विवरण नदिए पनि अन्तर्राष्ट्रिय सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमहरूले उनलाई गम्भीर चोट लागेको हुन सक्ने बताएका छन्।

यस घटनासँगै इरान–इजरायल तनाव थप चर्किने संकेत देखिएको विश्लेषकहरू बताउँछन्। पछिल्ला दिनहरूमा दुबै देशबीच हवाई आक्रमण र प्रतिआक्रमणको श्रृंखला चलिरहेको छ, जसले मध्यपूर्वको सुरक्षा अवस्थालाई अझ संवेदनशील बनाएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.