बुधबार, फाल्गुन २७,२०८२ 11:25:13
Bizshala
  • बुधबार, फाल्गुन २७,२०८२ 11:25:13
Bizshala
Global IME Bank Limited

स्वर्णिमलाई रोकेर अर्थमन्त्रीमा दोहोरिन खनालले सुशीला कार्की गुहारे, बालेन सचिवालय भन्छ-'यो त सम्भव नै छैन'

Hyundai Nepal
स्वर्णिमलाई रोकेर अर्थमन्त्रीमा दोहोरिन खनालले सुशीला कार्की गुहारे, बालेन सचिवालय भन्छ-'यो त सम्भव नै छैन'
Shivam Cement

काठमाण्डौ । डोल्मा इम्प्याक्ट फण्डलाई गैरकानूनी कर छुट, केही व्यापारिक घरानालाई मनलागी अरबौंको कर छुट, यूरो ६ मापदण्ड लागू भइसकेको अवस्थामा निश्चित घरानाको फाइदाका लागि थोत्रा गाडी आयातमा गरेको चलखेल, आफू अन्तर्गतका निकायमा चलेको खुलेआम भ्रष्टाचार नियन्त्रणमा असफलता लगायत थुप्रै विषयको विवादमा फसेका अर्थमन्त्री डा. रामेश्वर खनालले अब बन्ने सरकारमा समेत दोहोरिने खेल सुरु गरेका छन् ।  

बाहिर आफूलाई सादगी र पदलोलूप नरहेको देखाउन खोज्ने, तर आफ्नो चर्चा आफैंले गर्न पछि नपर्ने सस्तो लोकप्रियताका हिमायती मानिने डा. खनालले अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत सरकारमा अर्थमन्त्री हुनका लागि वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई प्रयोग गरेका खुलेको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अर्थमन्त्री खनालको पदमा दोहोरिने चाहनाकै कारण प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको एक रिक्त सदस्य पदमा उनलाई लैजाने प्रयास गरिरहेको विषय बाहिर आएको छ । आफू नेतृत्वको सरकारमा रहेर निर्वाचन सफल गराउन भूमिका खेलेको भन्दै डा. खनाललाई अर्थमन्त्रीकै रुपमा लैजानका लागि कार्कीले राष्ट्रियसभा सदस्य बनाउन खोजेकी हुन् ।  

रिक्त सदस्य पदमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि आफ्नो मान्छेलाई लैजान जोडबल गरिरहेका बुझिएको छ । तर, रास्वपाप्रति प्रधानमन्त्रीको विशेष स्नेह रहेको र अब बन्ने प्रधानमन्त्री बालेन शाहसँग समेत घनिष्ठ सम्बन्ध रहेकोले खनाल राष्ट्रियसभा सदस्य बन्ने सम्भावना छ ।  

राष्ट्रियसभा सदस्य बनाएर बालेन नेतृत्वको सरकारमा अर्थमन्त्रीको रुपमा डा. खनाललाई नै निरन्तरता दिनका लागि प्रधानमन्त्रीले प्रशस्तै लविङ गरिरहेकी स्रोतहरु दाबी गर्छन् । यसका लागि अर्थमन्त्री आफैंले प्रधानमन्त्रीसमक्ष भनसुन गरेका समेत बुझिएको छ ।  

मिडियासामु आफूलाई पदमा बसिरहन कुनै लोभ नरहेको भन्दै कुटनीतिक पासपोर्ट हतार–हतार फिर्ता गरी लोकप्रियताका लागि निवेदन समेत आफ्नो फेसबुकमा सार्वजनिक गरेका डा. खनाललाई बालेन शाहले समेत अर्थमन्त्रीको रुपमा स्वीकार गर्ने भन्दै खनाल निकटकै व्यक्तिहरुले मिडिया ट्रायल समेत गरिरहेका स्रोत बताउँछ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बालेन शाहको निजी सचिवालयका एक सदस्यले बिजशालासँग कुरा गर्दै बजारमा चलाइएको हल्लाअनुसार डा. खनाललाई अर्थमन्त्री बनाउने विषय मिथ्या भएको जानकारी दिए ।  

'रास्वपामा अरु सक्षम मान्छे नै छैनन् र निश्चित व्यापारिक घरानाका लागि काम गर्ने खनालजीलाई अर्थमन्त्रीको रुपमा दोहोर्याउनुपर्ने ?' ती सदस्यले भने-'रास्वपाका सभापति रवि लामिछानेले चुनावअघि घोषणा नै गरिसक्नु भएको छ अर्थमन्त्री को बन्दैछ भन्ने कुरा । डा. स्वर्णिम वाग्लेको विषयमा पार्टीभित्र कुनै बिमति छैन । वाग्लेलाई अर्थमन्त्री बनेको देख्न नचाहनेहरुले बेतुकको हल्ला फैलाएका मात्र हुन् ।'  

बालेन शाहले आफ्नो नेतृत्वमा सरकार गठन गर्दै गर्दा सबै मन्त्रालयमा एकलौटी गर्दा पार्टीभित्रको सन्तुलन बिग्रिने आफूहरुको बुझाई रहेको ती सदस्यको दाबी छ । 'हाम्रो बुझाई बालेनजीलाई स्वर्णिमसँग काम गर्न सहजै हुन्छ ।' उनले भने-' हाम्रा सभापति र वरिष्ठ नेताहरुले बोलेका कुरा पूरा नहुने हो भने त हाम्रो पार्टी र परम्परावादी राजनीतिक दलबीच के फरक देखियो त ? सभापतिले बजेट नै लेख्न भनेर सार्वजनिक रुपमा घोषणा गरिसकेको विषयमा दायाँबाया हुँदै हुन्न नि !'  

बालेनका ती सचिवालय सदस्यले अहिले रास्वपाभित्र विवाद सिर्जना गराउनका लागि अनेकन भाष्यहरु निर्माण गर्ने काम भइरहेको दाबी गर्दै त्यस्ता कुनै पनि प्रयास सफल नहुने ठोकुवा नै गरे । 'चुनावअघि हाम्रो शीर्ष नेतृत्व जति एकढिक्का थियो, त्योभन्दा बढी एक भएर अगाडि बढ्नेछ ।' उनले भने-'चुनावमा गरेका प्रतिबद्धता एक एक पूरा गर्नका लागि हामी मिलेरै अगाडि बढ्छौं । पुराना दलहरुमा लागेको खिचातानीको रोग हाम्रो पार्टीमा जबरजस्ती सार्न खोजिएको मात्र हो, यस्तो प्रयास गर्नेहरु थाक्नेछन् ।'  

 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.