काठमाण्डौ । फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।
निर्वाचन आयोगका अनुसार पुरानै ५ वटा दल र एउटा नयाँ दल गरी ६ वटा दलले राष्ट्रिय दलको रुपमा मान्यता पाएको हो । जसमा सबैभन्दा बढी सिट प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुरानै दल छन् भने नयाँ दलमा श्रम संस्कृति पार्टी रहेको छ ।
हर्क साम्पाङको नयाँ पार्टी थपिएसँगै ६ वटा दलले राष्ट्रिय दलको मान्यता पाएको हो । श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ भने समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेस होल्ड कटाएको छ ।
त्यस्तै, प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट, नेपाली कांग्रेसले कुल जम्मा १८ सिट, एमालेले ९ सिट, नेकपाले ७ सिट र राप्रपाले एउटा सिट जितेको छ ।

