काठमाण्डौ । नाइमा एक्सपो २०२५ मा सार्वजनिक गरिएको एथर रिज्टा जेडलाई प्राप्त अत्यधिक सकारात्मक प्रतिक्रिया पछि र बढ्दो पेट्रोल मूल्यको सन्दर्भमा वैद्य एनर्जी प्रा.लि.ले अब नयाँ एथर ‘रिज्टा एस’ सार्वजनिक गर्ने तयारी गरेको छ ।
यस मोडेलले प्रिमियम आराम, दैनिक प्रयोगमा सहजता र उत्कृष्ट मूल्यलाई एकैसाथ उपलब्ध गराउँदै विद्युतीय सवारीतर्फको रूपान्तरणलाई अझ तीव्र बनाउने लक्ष्य राखेको छ ।
नेपाली परिवारहरूको आवश्यकता ध्यानमा राखी डिजाइन गरिएको रिज्टा एसलाई सबैभन्दा व्यवहारिक र सहज पहुँचयोग्य इलेक्ट्रिक स्कुटरका रूपमा प्रस्तुत गरिएको छ, जसले स्मार्ट र दिगो यातायाततर्फ नेपाललाई अघि बढाउन मद्दत गर्नेछ ।
रु. ९९९ मा बुकिङ खुला
देशभरका ग्राहकहरूले अब केवल रु. ९९९ को प्रारम्भिक रकममा रिज्टा क् बुक गर्न सक्नेछन्, जुन पूर्ण रूपमा फिर्ता योग्य हुनेछ ।
प्रारम्भिक ग्राहकहरूले विशेष परिचयात्मक मूल्य लाभ लिन सक्नेछन्, जसले रिज्टा एस लाई बजारकै उत्कृष्ट मूल्य–प्रदर्शन भएको ईभी बनाउँछ ।
नेपाली दैनिक जीवनका लागि निर्माण गरिएको
रिज्टा एस नेपाली परिवारहरूको आवश्यकता केन्द्रमा राखेर डिजाइन गरिएको छः
–अधिकतम १२३ किमी रेन्ज – दैनिक आवागमनका लागि उपयुक्त
–फास्ट चार्जिङ – १० मिनेटमै १५ किमी सम्मको दूरी थप्न सकिने
–३४ लिटरको विशाल अन्डरसीट स्टोरेज – पारिवारिक उपयोगका लागि उपयुक्त
–आरामलाई प्राथमिकता दिने डिजाइन – सबै उमेर समूहका लागि सहज यात्रा
–८० किमी/घण्टा अधिकतम गति – प्रदर्शन र दक्षताको सन्तुलन
यसका साथै, रिभर्स मोड, अटोहोल्ड र पार्कएसिस्ट जस्ता सुविधाहरूले व्यस्त सहरमा समेत सहज र तनावमुक्त सवारी अनुभव प्रदान गर्छ ।
दीर्घकालीन विश्वास र सुनिश्चितता
एथरले सधैं विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिएको छ । रिज्टा एस मा ५ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी सहितका बलिया वारेन्टी विकल्पहरू उपलब्ध छन्, जसले विद्युतीय सवारीतर्फ सर्ने ग्राहकहरूलाई दीर्घकालीन आत्मविश्वास प्रदान गर्छ ।
विद्युतीय भविष्यतर्फ सहज यात्रा
नेपालमा रिज्टा जेड ले पाइसकेको लोकप्रियताका आधारमा, रिज्टा एसलाई ईभीतर्फको उत्कृष्ट प्रवेश बिन्दुका रूपमा डिजाइन गरिएको छ—विशेष गरी पेट्रोल स्कुटरको सट्टा किफायती, झन्झटरहित र भविष्य–तयार विकल्प खोजिरहेका परिवारहरूका लागि ।
लन्च समयतालिका
एथर रिज्टा एस देशभर मार्च २७, २०२६ देखि आधिकारिक रूपमा सार्वजनिक हुनेछ, र एथर एक्सपिरियन्स सेन्टरहरू मार्फत उपलब्ध हुनेछ ।

