आईतवार, श्रावण १०,२०८३ 10:23:42
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 10:23:42
Bizshala
Global IME Bank Limited

क्युबामा लगातार संकट: बिजुली कटौतीसँगै जनविद्रोहको संकेत

क्युबामा लगातार संकट: बिजुली कटौतीसँगै जनविद्रोहको संकेत
New Office

काठमाडौँ। क्यारिबियन देश क्युबामा एक साताभित्रै दोस्रो पटक राष्ट्रिय विद्युत् ग्रिड पूर्ण रूपमा ठप्प हुँदा एक करोडभन्दा बढी मानिस अन्धकारमा बस्न बाध्य भएका छन्। घरदेखि व्यवसायसम्म व्यापक रूपमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि देशभर संकट गहिरिएको छ।

क्युबाको ऊर्जा मन्त्रालयले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै “नेशनल इलेक्ट्रिकल सिस्टम पूर्ण रूपमा बन्द भएको छ र पुनः सञ्चालनका लागि काम सुरु भइसकेको” जनाएको छ। ग्रिड अपरेटरका अनुसार विद्युत् आपूर्ति क्रमशः पुनःस्थापना गरिँदैछ, जसमा अस्पताल र खानेपानीजस्ता अत्यावश्यक सेवालाई प्राथमिकता दिइएको छ।

यो महिना मात्रै क्युबामा तीन ठूला ‘ब्ल्याकआउट’ भइसकेका छन्। यसको प्रमुख कारण अमेरिकाद्वारा लगाइएको इन्धन प्रतिबन्धलाई मानिएको छ, जसका कारण विदेशी तेल आयात ठप्प भएको छ। क्युबाको अधिकांश विद्युत् उत्पादन आयातित इन्धनमा निर्भर रहने भएकाले यो प्रतिबन्धले ऊर्जा आपूर्ति प्रणालीमा गम्भीर असर पारेको छ।

यससँगै देशको पुरानो विद्युत् पूर्वाधार र निरन्तर इन्धन अभावले संकट झन् चर्किएको विश्लेषण गरिएको छ। लगातारको विद्युत् कटौतीका कारण सर्वसाधारणमा असन्तोष बढ्दै गएको छ।

राजधानी हवाना सहित विभिन्न शहरमा नागरिकहरूले भाँडा बजाएर विरोध प्रदर्शन गरेका छन्। मध्य क्युबाको मोरोन शहरमा भने प्रदर्शनकारीहरूले कम्युनिस्ट पार्टीको कार्यालयमा आक्रमण गरी आगजनीसमेत गरेका छन्। क्युबामा बिना अनुमति प्रदर्शन गर्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै पनि जनआक्रोश सडकमा देखिन थालेको छ।

ऊर्जा संकट, अमेरिकी प्रतिबन्ध र आन्तरिक पूर्वाधार कमजोरीको मिश्रणले क्युबालाई गम्भीर आर्थिक तथा सामाजिक चुनौतीतर्फ धकेलिरहेको विश्लेषकहरू बताउँछन्।

-BBC

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.