शुक्रबार, जेष्ठ १,२०८३ 03:06:58
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:06:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सोपान फर्मास्यूटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
सोपान फर्मास्यूटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । सोपान फर्मास्यूटिकल्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । चैत ९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा गएकाहरुले आजसम्म मात्रै आवेदन दिन सक्नेछन् ।  

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने ४ करोड २९ लाख रुपैयाँ बराबरको ४ लाख २९ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।

Bizshala
New Office
CG Motors

कम्पनीले ५ प्रतिशत अर्थात २ लाख १४ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात १ लाख ७१ हजार ६०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याएको छ । बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

Garima Development Bank
Shivam Cement
IME remit

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.