Bizshala
  • बिहीबार, चैत्र १२,२०८२ 05:00:14
Bizshala
Global IME Bank Limited

नेप्सेले कार्यान्वयनमा ल्यायो मार्जिन कारोबार सुविधा, साना लगानीकर्तालाई 'ठूलो अवसर'

Hyundai Nepal
नेप्सेले कार्यान्वयनमा ल्यायो मार्जिन कारोबार सुविधा, साना लगानीकर्तालाई 'ठूलो अवसर'
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले निकै ढिलो गरी मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया बनाएर लागू गरेको छ ।  

नेप्सेले बिहीबार एक सूचना जारी गर्दै धितोपत्रको मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी एवं व्यवस्थित बनाउन नेपाल धितोपत्र बोर्डको मार्जिन कारोबार सम्बन्धी निर्देशिका, २०८२ को दफा १४ बमोजिम कार्यप्रक्रिया बनाई लागू गरिएको जनाएको हो ।  

मार्जिन कारोबार सम्बन्धी निर्देशिका २०८२ फागुन १ गतेदेखि नै नेपाल धितोपत्र बोर्डले लागू भएको सार्वजनिक जानकारी दिए पनि बजारको फ्रन्टलाइन रेगुलेटरले कार्यप्रक्रिया निर्माण गरी पूर्ण कार्यान्वयनमा लैजान झण्डै डेढ महिना ढिलाई गरेको हो । 

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

नेप्सेले ल्याएको मार्जिन कारोबार कार्यविधिले साना लगानीकर्तालाई समेत ऋण लिएर सेयर किनबेच गर्ने बाटो खोलेको छ। कार्यविधिअनुसार लगानीकर्ताले आफ्नो पूँजीभन्दा बढी रकम प्रयोग गरी कारोबार गर्नसक्ने व्यवस्था गरिएको छ।

तर, यसले बजारमा अवसरसँगै जोखिम पनि बढाउने विश्लेषण गरिएको छ। मूल्य घट्दा लगानीकर्ताले थप रकम -मार्जिन कल) दिनुपर्ने प्रावधानले उनीहरूलाई दबाबमा पार्न सक्छ।

 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

विज्ञहरूका अनुसार यो सुविधा सही रूपमा प्रयोग भएमा बजारको तरलता बढ्नेछ, तर अनियन्त्रित प्रयोगले घाटा पनि बढाउन सक्छ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.