Bizshala
  • बिहीबार, चैत्र १२,२०८२ 06:15:52
Bizshala
Global IME Bank Limited

सूट-सर्ट छोडेर स्कुल पोशाकमा संसद : रहबरको अनौठो ‘स्टाइल’ले सबै भावुक

Hyundai Nepal
सूट-सर्ट छोडेर स्कुल पोशाकमा संसद : रहबरको अनौठो ‘स्टाइल’ले सबै भावुक
Shivam Cement

काठमाण्डौ । कल्पना गर्नुहोस्-संसद भवनको गेटमा नीलो सर्ट, नीलो पाइन्ट, पिठ्यूँमा विद्यार्थीको झोला भिरेको एउटा मान्छे हिँड्दै आइरहेको छ । औपचारिक सूट, ढाका टोपी वा नेपाली कोट सुरुवाल होइन, उनी त स्कुलको युनिफर्ममै सपथ खान आएका थिए !

रास्वपाका सांसद रहबर अन्सारी ले बिहीबार यस्तै एउटा अनौठो र भावुक ‘स्टाइल’ देखाए । सामान्यतया सांसदहरू गम्भीर मुद्रामा राष्ट्रिय पोशाकमा आउँछन्, तर रहबरले भने सबैको ध्यान एकैचोटि तानिदिए । उनलाई देख्नासाथ सञ्चारकर्मीहरूको घेराबन्दी सुरु भयो- “यो के भयो सर ?”

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

रहबरले मुस्कुराउँदै, आँखामा पुरानो सम्झना भरिंदै भने, “३५ वर्षअघि मेरो ७४ वर्षका बुवाले मेरो सानो हात समातेर विद्यालय पुर्‍याउनुभएको थियो । आज उहाँले नै मेरो हात समातेर संघीय संसद भवनसम्म ल्याउनुभयो । उहाँका लागि यो क्षण सपनाभन्दा पनि ठूलो होला ।”

उनले थपे, “यो मेरो व्यक्तिगत कुरा मात्र होइन । यो त सबै अभिभावक र शिक्षकहरूलाई सम्मान दिने मौका हो । हाम्रो हरेक सफलता, देशको समृद्धि-सबैको जग विद्यालयबाट सुरु हुन्छ । आजको यो खुशीमा सबैभन्दा ठूलो अंशियार बुवा र शिक्षकहरू नै हुनुहुन्छ । मेरो काँधमा झुन्डिएको यो झोला विद्यार्थीको मात्र होइन, ज्ञानको झोला हो !”

यो दृश्य हेर्दा धेरैलाई आफ्नो स्कुल जीवन झल्किएको छ । कसैलाई हाँसो लाग्यो, कसैलाई भावुक बनायो, कसैलाई लाग्यो -राजनीतिमा पनि यस्तो साधारण तर शक्तिशाली सन्देश दिन सकिन्छ त ?

रहबर यसअघि नेकपाबाट राजनीतिमा थिए । पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरे र बारा-२ बाट प्रत्यक्ष निर्वाचन जितेर सांसद बनेका हुन् ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

एउटा कुरा प्रष्ट छ-रहबरले औपचारिकताको भीडमा एउटा फरक रंग भरेका छन् । स्कुल ड्रेसले मात्र होइन, उनीले शिक्षाको महत्व, अभिभावकको योगदान र ज्ञानको यात्रालाई संसदसम्मै पुर्‍याएका छन् ।

यो ‘स्कुल ड्रेस वाला सांसद’ को कथा अझै धेरै दिनसम्म चर्चामा रहने देखिन्छ । के यो सुरुवात मात्र हो ? राजनीतिलाई अलिकति ‘स्कुल जस्तै’ सरल र इमानदार बनाउने प्रयास ?

समयले देखाउला !

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.