काठमाण्डौ । धेरैजसो व्यक्तिको फोटो खिच्नुअघि आफ्नो स्मार्टफोनको क्यामेराको लेन्सलाई आफ्नो टी–शर्ट वा अन्य कपडाले पुछ्ने बानी हुन्छ। यसले लेन्स सफा भएको जस्तो लाग्छ, तर वास्तविकतामा यस्तो गर्दा फोनको सबैभन्दा महँगो भागलाई लगातार क्षति पुर्याउन सक्छ ।
१. लेन्स कोरिन सक्छ
टी–शर्ट वा अन्य कपडामा साना धुलोका कणहरू हुन्छन्, जुन आँखाले देख्न सकिँदैन। कपडाबाट लेन्स पुछ्दा ती धुलोका कणहरूले ‘रेगमाल’ जस्तो काम गर्छन् र लेन्स कारिन सक्छ। कहिलेकाहीँ कपडाको कडापनले पनि लेन्स कोरिन सक्छ। लगातार यस्तो गर्दा फोटो धुम्मिलो देखिन थाल्छ।
२. फोकसमा समस्या आउन सक्छ
टी–शर्टको कपडामा साना रेशाहरू हुन्छन्। यी रेशाहरू लेन्सको किनार वा सेन्सरको सानो खाली ठाउँमा फँस्न सक्छन्। यसले फोटो खिच्दा क्यामेरा सही फोकस गर्न गाह्रो बनाउँछ।
३.लेन्सको कोटिंग हट्न सक्छ
स्मार्टफोनको क्यामेरा लेन्समा विशेष ओलियोफोबिक वा एन्टी–रिफ्लेक्टिव कोटिङ हुन्छ। खुरदुरो कपडाबाट बारम्बार पुछ्दा यो महँगो कोटिङ घिस्रिन्छ।

