काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य करेक्सन देखिएको छ । नेप्से परिसूचक २.६१ अंकले घटेर २७५७.४० विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३४५ कम्पनीको १ करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.४५ प्रतिशत र निर्जीवन बीमा समूह ०.३३ प्रतिशतले घटेको छ ।
आज ७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.०१ प्रतिशतले बढेर १००९.९० रुपैयाँ पुगेको छ ।
त्यस्तै, हिमालयन रि को ०.९७ प्रतिशत, आरबीसीएलको ०.६६ प्रतिशत, सानिमा जिआइसीको ०.४१ प्रतिशत, एशियन लाइफको ०.४२ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.२४ प्रतिशत र नेपाल लाइफको ०.१३ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक सेयरभाउ घट्ने बीमा कम्पनीमा भने नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.७४ प्रतिशतले घटेर ५८८ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सिटिजन लाइफको ०.४३ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.०५ प्रतिशत, हिमालयन लाइफको १.०९ प्रतिशत, आइएमई लाइफको १.१२ प्रतिशत, एलआइसी नेपालको ०.३६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.०५ प्रतिशत, सन नेपाल लाइफको ०.४३ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.२३ प्रतिशतले घटेको छ ।
यसका साथै हिमालयन एभरेष्टको ०.८४ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.११ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१६ प्रतिशत, नेको इन्स्योरेन्सको १.२७ प्रतिशत, एनएलजीको ०.९५ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.५९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.१४ प्रतिशत, सलिकोको ०.१६ प्रतिशत, शिखरको ०.६३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.८६ प्रतिशत र युनाइटेड अजोडको ०.८६ प्रतिशतले घटेको छ ।

