काठमाण्डौ । एपोलो हाईड्रो पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ बिक्रीमा ल्याएको हो।
यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ९४ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रयोग गरेर आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा चैत ३० गते र ढिलोमा वैशाख १० गते हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

