Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारमा वाणिज्य बैंक समूहमा ‘बुलिस डाइभर्जेन्स’

Global IME Bank Limited
मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारमा वाणिज्य बैंक समूहमा ‘बुलिस डाइभर्जेन्स’
Nabil Bank Limited

काठमाण्डौं । आज दिनभर सामान्य उत्तारचढाव भएको बजार अन्त्यमा ९ अंकले बढेर बन्द भयो । आज दिनभर नै सकारात्मक रहेको बजारमा ४ अर्ब बढीको कारोबार भयो । आज बजारले ग्याप अप ओपनिङ गरेको थियो । प्राविधिक रुपमा आज बजारले इन्ट्रा डेमा हेर्दा बोलिङगर ब्याण्डको मध्य ब्याण्ड अर्थात २०४६ मा प्रतिरोध सामाना गर्यो ।  

बजार सामान्य अंकले बढ्दा पनि ४ अर्ब माथिको कारोबार भयो । म्याक्डी मार्फत आजको बजारलाई हेर्दा केही समय पहिले बनेको वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम फिक्का र छोटाछोटा हुँदै गएका छन् । तर बुलिस क्रसओभर भैहालको अवस्था भने होइन । 

आरएसआइ मार्फत हेर्दा करिब ४० को तहबाट फर्केको बजार आज न्यूट्रल जोन ५० को तहमा रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजार बुलिस हुने चरणमा देखिन्छ । तर कन्फरमेसनको लागि भने आगमी कारोबारमा बजार करिब ४ अर्बमाथिको कारोबारसहित मध्य ब्याण्ड अर्थात २०४६ भन्दा माथि नै बन्द हुनु पर्ने छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उप समूहगत रुपमा बजारलाई नियाल्दा केही समय देखि लगातार घटेको बजारमा बाणिज्य बैंक समूहमा आरएसआईमा बुलिस डाइभर्जेन्स देखिएको छ । यो भनेका बजार कुनै पनि अप ट्रेण्ड लिन सक्छ भन्ने हो ।  उत्पादन तथा प्रशोधन ,जीवन बीमा , फाइनान्स र माइक्रो फाइनान्स समूहमा सामान्य नाफा बुक देखिन्छ ।  

त्यसै गरि विकास बैंक , जलविद्युत , निर्जिवन बीमा , लगानी , अन्य र कारोबार समूहमा भने सुधार भएको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.