काठमाण्डौ । नयाँ वर्ष २०८३ सालको पहिलो कारोबार दिन सेयरबजारमा १० अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा तीन ब्रोकरबाट मात्रै उच्च खरिद भएको छ भने ७ ब्रोकरबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भने इम्पेयरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, एबीसी सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्नेमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट आज मात्रै १ अर्ब ७० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५०.७३ प्रतिशत सेयर खरिद भएको छ भने ४९.२७ प्रतिशत सेयर बिक्री भएकोछ ।


