काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) परिवर्तन सम्बन्धी निर्णय गरेको छ। संस्थाका वर्तमान प्रमुख कार्यकारी अधिकृत मुकेश दहालको कार्यकाल वैशाख ३ गते समाप्त हुने भएको छ।
सोही सन्दर्भमा वैशाख २ गते साँझ ५ बजेर १५ मिनेटमा बसेको सञ्चालक समितिको ३३७ औं बैठकले अर्को व्यवस्था नभएसम्मका लागि सहायक महाप्रबन्धक नारायण बहादुर कार्कीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी दिने निर्णय गरेको हो।
निर्णयअनुसार कार्कीले मिति २०८३ वैशाख ४ गतेदेखि लागू हुने गरी संस्थाको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्।

