शनिबार, असार १३,२०८३ 08:23:23
Bizshala
  • शनिबार, असार १३,२०८३ 08:23:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विद्याथी संगठनमाथिको प्रतिबन्धमा नेकपाको आपत्ति

Laxmi Sunrise Bank Limited
विद्याथी संगठनमाथिको प्रतिबन्धमा नेकपाको आपत्ति

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले सरकारले विभिन्न स्थानमा सुकुम्वासीलाई उठिबास गराएको छ र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति आपत्ति जनाएको छ ।  

सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्वासी परिवारलाई कुनै उचित विकल्पबिना उठिबास गराउने र झुप्रा भत्काउने काम गरेको भन्दै नेपाली कम्युनिस्ट पार्टीले गम्भीर आपत्ति जनाएको हो ।

New Office
CG Motors
Garima Development Bank

आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीले यस्तो कदमलाई तत्काल रोक्न र प्रभावित परिवारहरूको उचित पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

विज्ञप्तिमा सुकुम्वासी व्यवस्थापनको नाममा भएका यी गतिविधिले पीडित परिवारहरूलाई थप समस्यामा पारेको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने जोखिम बढाएको उल्लेख गरिएको छ ।

साथै, नयाँ सरकार गठनसँगै बजारमा महँगी र कालोबजारी बढ्दै गएको भन्दै त्यसलाई तत्काल नियन्त्रण गर्न पनि पार्टीले माग गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने विषयमा पनि पार्टीले घोर आपत्ति जनाएको छ । यस्तो प्रयासलाई पार्टीले संविधानविपरीत र अस्वीकार्य ठहर गरेको छ । पञ्चायती व्यवस्थाको समयमा समेत सुनिश्चित गरिएको सङ्गठित हुने अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रमा खोस्ने प्रयास भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.