काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । वैशाख ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१÷८२ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।
संस्थाले आव २०८१/८२ को वित्तीय विवरणमा नियमनकारी निकायको निर्देशनबमोजिम छुट्याउनुपर्ने रकमहरुको व्यवस्था गरेपश्चात संस्थाको वित्तीय अवस्था थप मजबुत बनाउन र सबलिकरण गर्दै लैजाने उद्देश्यले सेयरधनीहरुलाई कुनैपनि लाभांश नदिने निर्णय गरिएको जनाएको छ ।
बैठकले लाभांश बिनाको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको संस्थाद्वारा जारी सूचनामा उल्लेख छ ।

