आईतवार, श्रावण १०,२०८३ 12:38:39
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 12:38:39
Bizshala
Global IME Bank Limited

सुरक्षा मूल्यांकनपछि खाडी मुलुकका लागि श्रम स्वीकृति पुनः खुला

सुरक्षा मूल्यांकनपछि खाडी मुलुकका लागि श्रम स्वीकृति पुनः खुला
New Office

काठमाण्डौ । पश्चिम एशियाको क्षेत्रीय सुरक्षा अवस्थाको पुनः मूल्यांकनपछि नेपाल सरकारले खाडी तथा पश्चिम एसियाली मुलुकहरूमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पुनः खुला गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयसँगै यसअघि लगाइएको अस्थायी रोक हटाइएको हो।

सरकारले फागुन १७ गते इरान केन्द्रित क्षेत्रीय तनावका कारण उत्पन्न सुरक्षा जोखिमलाई ध्यानमा राख्दै श्रमिक पठाउने प्रक्रियामा अस्थायी अवरोध गरेको थियो। पछिल्लो समय जोखिम स्तर घटेको निष्कर्षसहित सावधानीसहित सहजताको नीति अपनाउँदै पुनः श्रम स्वीकृति जारी गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

निर्णयअनुसार संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान सहित जोर्डन, लेबनन, टर्की र इजरायल मा व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरण सबै प्रकारका श्रम स्वीकृति पूर्ववत रूपमा जारी हुनेछन्।

वैदेशिक रोजगार विभागका अनुसार निर्णयले श्रम स्वीकृति रोकिँदा अलपत्र परेका कामदारहरूलाई तत्काल राहत मिल्नेछ भने वैदेशिक रोजगारी आपूर्ति शृङ्खला पुनः सक्रिय हुने अपेक्षा गरिएको छ।

यससँगै सरकारले श्रमिक सुरक्षा, गन्तव्य मुलुकको अवस्थाको निरन्तर अनुगमन र आवश्यक परे नीतिगत समायोजन गर्ने संकेत पनि दिएको छ।

यद्यपि इराकका लागि भने अघिल्लो मन्त्रिपरिषद्को निर्णय यथावत राखिएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.