काठमाण्डौ । अबदेखि प्रतिनिधि सभाको बैठकमा मोबाइल फोन चलाउन नपाइने व्यवस्था गरिएको छ । बैठकलाई व्यवस्थित र मर्यादित बनाउन मोबाइल फोन प्रयोगमाथि कडाई गर्ने प्रस्ताव गरिएको हो।
कार्यसञ्चालन नियमावलीको नियम २० अन्तर्गत ‘बैठकमा पालन गर्नुपर्ने नियम’ मा यस्तो फोनको प्रयोगमाथि कडाई गर्ने व्यवस्था गरिएको छ । मस्यौदाअनुसार बैठकका क्रममा फोनमा कुरा गर्न, फोटो खिच्न तथा अडियो–भिडियो रेकर्ड गर्न निषेध गरिने व्यवस्था गरिएको छ।
उप–नियम (ट) मा बैठक कक्षभित्र मोबाइल फोन साइलेन्टमा राख्नुपर्ने उल्लेख गरिएको छ । यस्तै कुनै पनि प्रकारको रेकर्डिङ वा फोटो खिच्न नपाइने समेत जनाइएको छ।

