काठमाण्डौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ताको दोस्रो चरण यही शुक्रबारसम्म सुरु हुन सक्ने बताएका छन्। यो जानकारी न्यूयोर्क पोस्टमार्फत सार्वजनिक भएको हो।
रिपोर्टअनुसार पाकिस्तानी अधिकारीहरूले आगामी ‘३६ देखि ७२ घण्टा’ भित्र वार्ता सुरु हुन सक्ने बताएका छन्। यस विषयमा सोधिएको प्रश्नमा ट्रम्पले टेक्स्ट सन्देशमार्फत ‘यो सम्भव छ’ भन्ने प्रतिक्रिया दिएका छन्।
यसअघि मंगलबार ट्रम्पले इरान सँग जारी युद्धविरामलाई थप समयका लागि विस्तार गर्ने घोषणा गरेका थिए। उनका अनुसार यसले इरानलाई युद्ध अन्त्यका लागि प्रस्ताव तयार पार्न आवश्यक समय प्रदान गर्नेछ।

