शनिबार, बैशाख १९,२०८३ 10:17:55
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 10:17:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चालू आवको नौ महिनामा १० अर्ब ७० करोडको अलैँची निर्यात

Bizshala
चालू आवको नौ महिनामा १० अर्ब ७० करोडको अलैँची निर्यात
Shivam Cement

काठमाण्डौं । मेची भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यातमा ४१.५८ प्रतिशतको वृद्धि भएको छ।

कार्यालयको तथ्याङ्कअनुसार, उक्त अवधिमा १० अर्ब ७० करोड ७ लाख १८ हजार रुपैयाँबराबरको अलैँची निर्यात भएको हो। 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

चालू आर्थिक वर्षको नौ महिनामा ५,२९५.२५० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए।

अघिल्लो आव २०८१र८२ को सोही अवधिमा ६ अर्ब २५ करोड १२ लाख ६१ हजार रुपैयाँबराबरको अलैँची निर्यात भएको थियो।

यसैगरी, कार्यालयका तथ्याङ्कअनुसार चालू आवको नौ महिनामा चियाको निर्यातमा २६.७३ प्रतिशतको गिरावट देखिएको छ। 

CG Motors
Garima Development Bank
IME remit

उक्त अवधिमा २ अर्ब ५८ करोड १९ लाख ८५ हजार रुपैयाँबराबरको चिया निर्यात भएको छ, जुन अघिल्लो आव २०८१/८२ को सोही अवधिको ३ अर्ब २७ करोड २० लाख ७२ हजार रुपैयाँबराबरको निर्यात भन्दा कम हो।

कार्यालयका अनुसार, निर्यात हुने अन्य प्रमुख वस्तुहरूमा भेनियर सिट ३०.८८ प्रतिशत, छुर्पी ३०.३५ प्रतिशत, प्लाइवुड ३७.७३ प्रतिशत, अम्रिसो ३७.३३ प्रतिशत, फलामे पाता १,७४७.८१ प्रतिशत र मोलासिस ३६१.३५ प्रतिशतले वृद्धि भएको छ भने, सिमेन्ट क्लिङ्करको निर्यातमा शतप्रतिशतको गिरावट आएको छ।

मेची भन्सार कार्यालयका अनुसार, चालू आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा कुल १९ अर्ब ४३ करोड ३५ लाख ३२ हजार रुपैयाँबराबरको मालवस्तु निर्यात भएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.