शुक्रबार, असार ५,२०८३ 12:10:04
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 12:10:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल विद्युत् प्राधिकरणले सञ्चालनमा ल्यायो पुनर्वास सबस्टेशन

Laxmi Sunrise Bank Limited
नेपाल विद्युत् प्राधिकरणले सञ्चालनमा ल्यायो पुनर्वास सबस्टेशन
Shivam Cement

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा निर्माण सम्पन्न गरेको ३३/११ केभी क्षमताको ६र८ एमभिए सबस्टेशन सञ्चालनमा ल्याएको छ। 

यससँगै क्षेत्रका करिब १८ हजार उपभोक्ताले प्रत्यक्ष रूपमा गुणस्तरीय विद्युत् सेवा प्राप्त गर्ने भएका छन्।

Bizshala
New Office
CG Motors

प्राधिकरणका अनुसार प्रारम्भिक चरणमा ठेक्का प्रक्रियामार्फत निर्माण कार्य अघि बढाइए पनि निर्माण कम्पनीले आवश्यक इलेक्ट्रोमेकानिकल काम पूरा नगरेकाले सम्झौता अन्त्य गर्नुपरेको जनाएको छ ।  

पुनर्वास क्षेत्रमा लामो समयदेखि न्यून भोल्टेज र अनियमित विद्युत् आपूर्तिका समस्या देखिँदै आएको थियो ।  

प्राधिकरणले स्थानीय उपभोक्ताको गुनासो बढ्दै गएपछि प्राधिकरणले वैकल्पिक उपाय अपनाएर निर्माण कार्य छिटो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो।

सोही निर्देशनबमोजिम बेलौरी वितरण केन्द्रले प्राधिकरणका विभिन्न कार्यालयमा रहेका ट्रान्सफर्मर तथा अन्य आवश्यक उपकरण व्यवस्थापन गरी बाँकी काम तीव्र गतिमा सम्पन्न गरेको हो।  

Garima Development Bank
Shivam Cement
Bizshala

आवश्यक जडान तथा परीक्षण कार्य पूरा भएपछि सबस्टेशन नियमित सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ।

बेलौरी वितरण केन्द्रको व्यवस्थापनमा रहने उक्त सबस्टेशनले पुनर्वास क्षेत्रका उपभोक्तालाई थप भरपर्दो, सुरक्षित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न मद्दत गर्ने जनाएको छ ।  

सुदूरपश्चिम प्रादेशिक कार्यालयको समन्वय र पहलमा सम्पन्न यस आयोजनाले बेलौरी वितरण केन्द्रअन्तर्गतका हजारौँ ग्राहकलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।  

साथै विद्युत् आपूर्तिको गुणस्तर अभिवृद्धि हुनुका साथै भविष्यमा बढ्ने विद्युत् मागलाई समेत प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने प्राधिकरणको विश्वास छ।

प्राधिकरणले नयाँ सबस्टेशन सञ्चालनमा आएपछि पुनर्वास क्षेत्रको विद्युत् वितरण प्रणाली अझ मजबुत, स्थिर र विश्वसनीय बनेको जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.