शनिबार, असार १३,२०८३ 06:33:34
Bizshala
  • शनिबार, असार १३,२०८३ 06:33:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ

Laxmi Sunrise Bank Limited
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को अध्यक्षमा अञ्जन श्रेष्ठले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्थाअनुसार श्रेष्ठ नेतृत्वमा आएका हुन्।

करिब दुई दशकभन्दा बढी समयदेखि महासंघसँग आबद्ध श्रेष्ठले संस्थाभित्र विभिन्न तहमा काम गर्दै अनुभव संकलन गरेका छन्। राजस्व नीति, उद्योग प्रवर्द्धन र रोजगारदाता सम्बन्धी विषयमा उनको संलग्नताले अबको कार्यकालमा निजी क्षेत्रका एजेन्डा अझ व्यवस्थित रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

नयाँ नेतृत्वसँगै निजी क्षेत्रका सरोकारवाला समूहले विशेषगरी कर प्रणालीको सुधार, उत्पादनमुखी उद्योगको प्रवर्द्धन, निर्यात वृद्धि र श्रम बजार व्यवस्थापनमा स्पष्ट कार्ययोजना आउने अपेक्षा गरेका छन्। पछिल्लो समय आर्थिक सुस्तता, घट्दो लगानी र आयात(निर्यात असन्तुलनजस्ता चुनौतीका बीच महासंघको भूमिकालाई अझ सक्रिय बनाउने दबाब पनि बढ्दो छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

व्यवसायिक पृष्ठभूमिमा श्रेष्ठ लक्ष्मी ग्रुपसँग आबद्ध छन्, जसले उत्पादन, व्यापार, अटोमोबाइल र स्टिल उद्योगमा लगानी विस्तार गरेको छ। हुृन्डाई गाडीको आधिकारिक वितरणदेखि स्टिल उत्पादन र असेम्बल उद्योगसम्मको अनुभवले उनलाई औद्योगिक नीतिमा व्यावहारिक दृष्टिकोण दिने विश्वास गरिएको छ।

उनको नेतृत्वमा एफएनसीसीआईले सरकारसँगको समन्वयलाई कति प्रभावकारी बनाउँछ र निजी क्षेत्रका मागलाई नीतिगत तहमा कसरी रूपान्तरण गर्छ भन्ने आगामी दिनको मुख्य चासो हुनेछ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.