काठमाण्डौ । बुधबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.६४ अंकले घटेर २७११.२२ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३३६ कम्पनीको ७१ लाख ३१ हजार ५५७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईउपसूचकमध्ये जीवन बीमा समूह ०.३२ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.१९ प्रतिशतले बढेको छ ।
आज १२ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ १.०१ प्रतिशतले बढेर १५ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको ०.१९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.०८ प्रतिशत, सानिमा जिआइसीको ०.५१ प्रतिशत, शिखरको ०.२५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.४३ प्रतिशत, युनाइटेड अजोडको ०.४६ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.०९ प्रतिशत, आइएमई लाइफको ०.२३ प्रतिशत, एलआइसी नेपालको ०.२५ प्रतिशत, नेशनल लाइफको ०.१७ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.४४ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउनेमा भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.७६ प्रतिशतले घटेर १२८० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एशियन लाइफको ०.११ प्रतिशत, सिटिजन लाइफको ०.४६ प्रतिशत, हिमालयन लाइफको ०.५९ प्रतिशत, नेपाल लाइफको ०.३९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.९० प्रतिशत, सूर्यज्योति लाइफको ०.२३ प्रतिशत, सन नेपाल लाइफको ०.२२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.०९ प्रतिशत, एनएलजीको १ं०५ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.१२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३६ प्रतिशत, सलिकोको ०.३२ प्रतिशत, हिमालयन रि को ०.१८ प्रतिशत र नेपाल रि को ०.११ प्रतिशतले घटेको छ ।

