आईतवार, असार १४,२०८३ 04:45:31
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:45:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

झापामा हात्तीको आक्रमणबाट घर र बालीमा व्यापक क्षति, दीर्घकालीन समाधान खोज्न भारतसँग समन्वयको माग

Laxmi Sunrise Bank Limited
झापामा हात्तीको आक्रमणबाट घर र बालीमा व्यापक क्षति, दीर्घकालीन समाधान खोज्न भारतसँग समन्वयको माग

काठमाण्डौं । भारतबाट रातिको समयमा प्रवेश गर्ने जङ्गली हात्तीको बथानले सीमा क्षेत्रका किसानको बाली नष्ट गर्न थालेपछि मेचीनगरको बाहुनडाँगी क्षेत्रमा त्रास बढेको छ ।

मेचीनगर नगरपालिका–१, ४ र ५ का क्षेत्रमा पछिल्ला एक सातादेखि भारतको आसाम क्षेत्रबाट आउने करिब ३० देखि ४० वटा हात्तीको समूहले राति खेतबारीमा प्रवेश गरी पाक्न लागेको मकै, सुपारीलगायत बालीमा ठूलो क्षति पुर्‍याइरहेको स्थानीयवासीले बताएका छन् ।

New Office
CG Motors
Garima Development Bank

स्थानीय जनप्रतिनिधिका अनुसार दिनभर भारतीय वन क्षेत्रमा रहने हात्तीहरू साँझपख समूहबाट छुट्टिएर नेपाल प्रवेश गर्ने र बाली नष्ट गर्ने क्रम नियमित जस्तै बनेको छ, जसले कृषकहरूमा असुरक्षा र त्रास बढाएको छ ।

हात्ती नियन्त्रण तथा सुरक्षा व्यवस्थापनका लागि सर्वपक्षीय बैठकपछि सुरक्षाकर्मी, वन कर्मचारी र र्‍यापिड रेस्पोन्स टिम परिचालन गरिएको छ ।  

साथै साँझ ६ बजेपछि सीमावर्ती क्षेत्रमा सर्वसाधारणको आवतजावत रोक्ने, माइकिङमार्फत सचेतना फैलाउने, ट्रयाक्टर प्रयोग गरी हात्ती खेदाउने तथा इन्धन नगरपालिकाले उपलब्ध गराउने निर्णय गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चका अनुसार बाहुनडाँगी क्षेत्रमा करिब १८ किलोमिटर सौर्य तारबार जडान भएपनि ब्याट्री मर्मत तथा संरचनागत कमजोरीका कारण यसको प्रभावकारिता घटेको छ ।

करिब ३० लाख रुपैयाँको लागतमा तारबार मर्मतको प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

स्थानीयका अनुसार हात्तीको आक्रमणले मकैबाली नष्ट हुनुका साथै सुपारीका बोट भाँचिएका छन् ।

पछिल्ला महिनामा हात्तीको आक्रमणबाट तीन जना घाइते भएका र करिब १५ घरमा क्षति पुगेको पनि बताइएको छ ।

स्थानीय र सरोकारवालाले भारतसँग समन्वय गरी दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.