आईतवार, असार १४,२०८३ 04:45:11
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:45:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुठौली भन्सारमा राजस्व उछाल: लक्ष्यभन्दा माथि संकलन, कर प्रणालीमा सकारात्मक संकेत

Laxmi Sunrise Bank Limited
सुठौली भन्सारमा राजस्व उछाल: लक्ष्यभन्दा माथि संकलन, कर प्रणालीमा सकारात्मक संकेत

काठमाण्डौं । कपिलवस्तुको यशोधरा गाउँपालिका स्थित सुठौली भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८२/८३ मा कर संकलनमा उल्लेखनीय प्रदर्शन गर्दै वार्षिक लक्ष्यसमेत समयअघि नै पार गरेको छ।

भन्सारले साउनदेखि बैशाख दोस्रो सातासम्ममा १ अर्ब १७ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। 

New Office
CG Motors
Garima Development Bank

यस वर्षका लागि १ अर्ब १० करोड ५२ लाख ५२ हजार रुपैयाँ लक्ष्य तोकिएको भएपनि उक्त लक्ष्यभन्दा बढी संकलन भइसकेको भन्सार प्रमुख किरण बिष्टले जानकारी दिए।

उनका अनुसार बैशाख २३ गतेसम्म मात्रै ११ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।  

बैशाख महिनाका लागि तय गरिएको ९ करोड ६६ लाख रुपैयाँको लक्ष्य केही दिनमै पार हुनु भन्सारको नियमित सुधार र व्यापारिक गतिविधि विस्तारको संकेत भएको देखिन्छ।

गत आर्थिक वर्ष २०८१/८२ मा ८० करोड रुपैयाँ लक्ष्य रहेकोमा १ अर्ब ३ करोड ६६ लाख रुपैयाँ संकलन भएको थियो, जसले भन्सारको राजस्व क्षमता क्रमशः सुदृढ हुँदै गएको देखाउँछ।

चालु आर्थिक वर्षको प्रारम्भिक दुई महिना -साउन र भदौ_ मा लक्ष्य पूरा नभए पनि त्यसपछि असोजदेखि बैशाखसम्म लगातार लक्ष्यभन्दा बढी संकलन भएको तथ्यांकले देखाएको छ।

सबैभन्दा प्रभावकारी प्रदर्शन चैत महिनामा देखिएको छ, जहाँ ९ करोड १९ लाख लक्ष्यको तुलनामा १६ करोड ५५ लाख रुपैयाँ संकलन भएको छ।  

त्यस्तै असोजमा १३ करोड ६१ लाख, मंसिरमा १२ करोड ६८ लाख, पुसमा १२ करोड ८२ लाख तथा फागुनमा १० करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भन्सारबाट आयात, मूल्य अभिवृद्धि कर (भ्याट) अन्तःशुल्क र कृषि सुधार शुल्कजस्ता शीर्षकहरूबाट राजस्व संकलन भइरहेको छ।  

प्रमुख बिष्टका अनुसार हालको संकलन गति कायम रहेमा चालू आर्थिक वर्षमा कुल राजस्व १ अर्ब ४० करोड रुपैयाँभन्दा माथि पुग्ने सम्भावना छ।

सुठौली भन्सारमार्फत मुख्य रूपमा औद्योगिक कच्चा पदार्थ, चामल, गहुँ, तरकारी, फलफूल, कोइला र खरानीजस्ता वस्तु आयात हुने गरेको छ।

तर, प्लान्ट क्वारेन्टाइन कार्यालयले आइतबार चेकजाँच नगर्ने व्यवस्थाका कारण केही प्रक्रियागत ढिलाइ र प्रभाव परेको भन्सार कार्यालयले जनाएको छ।

यस वर्ष सुठौली भन्सारको राजस्व प्रदर्शन कर प्रशासनका दृष्टिले सकारात्मक संकेतका रूपमा देखिएको छ।  

लक्ष्यभन्दा माथि संकलन हुनु आयात गतिविधि वृद्धि मात्र होइन, कर अनुपालन सुधार, प्रणालीगत चुहावट नियन्त्रण र कारोबार औपचारिकीकरणको विस्तारतर्फ पनि संकेत गर्छ।

विशेषगरी लगातार महिनावारी लक्ष्य पार हुँदै जानु भन्सारको निगरानी, व्यवस्थापन क्षमता र कार्यान्वयन दक्षतामा सुधार आएको प्रमाण हो।  

यदि यही प्रवृत्ति निरन्तर रह्यो भने आगामी वर्षहरूमा भन्सार राजस्व अझ स्थिर र दिगो रूपमा वृद्धि हुने अपेक्षा गर्न सकिन्छ, जसले राष्ट्रिय राजस्व प्रणालीमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.