काठमाण्डौं । प्रतिनिधिसभामा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीन वटा अध्यादेश प्रस्तुत गरेकी छन्।
मन्त्री गौतमले प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश तथा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश सदनमा टेबल गरेकी हुन्।
सरकारका अनुसार यी अध्यादेशमार्फत सम्बन्धित कानूनमा आवश्यक परिमार्जन गर्दै प्रशासनिक प्रक्रिया सुधार्ने र सार्वजनिक सेवा प्रवाहलाई थप छिटो, प्रभावकारी तथा सहज बनाउने उद्देश्य राखिएको छ।

