सोमबार, बैशाख २८,२०८३ 04:51:55
Bizshala
  • सोमबार, बैशाख २८,२०८३ 04:51:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयरबजार ३८.१९ अंकले बढ्यो, सबै समूहमा हरियाली

Bizshala
सेयरबजार ३८.१९ अंकले बढ्यो, सबै समूहमा हरियाली
Shivam Cement

काठमाण्डौ । आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.३९ प्रतिशत अर्थात ३८.१९ अंकले बढेर २ हजार ७८३.८५ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३० प्रतिशतले बढेर ४७३.४१ विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३३२ वटा स्क्रिप्टका १ करोड ४ लाख ३९ हजार ४३२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६१ करोड ३५ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ३ अर्ब २८ करोड ६८लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे बजार जानकार तथा प्राविधिक विश्लेषक अजय सिं थापा (जय शम्भु) भन्छन्, ‘केही दिन बजार लगातार घटेकाले आज फर्किएको छ, तर बजार अब बढ्न भन्ने कुनै निश्चित भने छैन । बजार लगातार घटेर तल्लो विन्दुमा आएपछि आज सामान्य फर्किको मात्रै मान्न सकिन्छ । साथै अहिले बजार बढ्नुको कारण सिजनल इफेक्ट पनि हो । यो समयमा सरकारको नीति तथा कार्यक्रम, बजेट भाषण र मौद्रिक नीति आउने हुँदा लगानीकर्ताहरु उत्साहित हुन्छन् र बजार बढ्ने गर्छ । बजेटमा राम्रो नीति आउला भन्ने लगानीकर्ताहरु आशावादी छन् । प्राविधिक पक्षमा हेर्दा बजारको र्याली माथि जाने सम्भावना त छ तर कन्फर्म देखिँदैन । बजेटमा राम्रो कुराहरु आए बजार ३ हजार विन्दुसम्म पुग्न सक्ने सम्भावना छ ।’

त्यस्तै, अर्का बजार जानकार यज्ञ घिमिरे भन्छन्, ‘केही दिनअघि बजार विभिन्न गतिविधिका कारण घट्न पुगेको थियो । विशेषगरी सरकारको धरकपड र बजारमा देखिएको बेथितिका कारण बजार निरन्तर घटेको थियो । लगातार बजार घट्दा भोल्युमले पनि साथ दिएको थिएन ।’

उनले थपे, ‘आज बजार फर्किएको छ । लगातार घटेर तल्लो विन्दुमा आइपुग्दा केही लगानीकर्ताले सेयर खरिद गरेको देखिन्छ, जसकारण आज बजार फर्किएको छ र भोल्युम पनि केही बढेको छ । साथै यो समय बजार बढ्ने समय पनि हो । लगानीकर्ताहरु बजेट भाषण र मौद्रिक नीतिको प्रतिक्षामा छन् । सरकारले पूँजीबजारलाई धरासायी नबनाई पारदर्शी बनाउनेछ भन्ने आम लगानीकर्ताको आशा छ ।’

CG Motors
Garima Development Bank
IME remit

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमा हरियाली छायो । आज अन्य समूह सर्वाधिक अर्थात २.११ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह १.०२ प्रतिशत, विकास बैंक १.३६ विकास बैंक १.३६, होटल ०.६९, हाईड्रो १.७९ ,लगानी १.२५, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन १.३०, लघुवित्त १.७०, म्युचुअल फण्ड ०.०६, निर्जीवन बीमा १.६० र व्यापार समूह १.१५ प्रतिशतले बढ्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक अर्थात २१ करोड ११ लाख बढीको सेयर कारोबार भयो । यस्तै नेशनल हाईड्रोपावरको १७ करोड ६० लाख, एसवाई प्यानल नेपालको १६ करोड १० लाख, रिडी पावरको १५ करोड ८८ लाख र साहस उर्जाको १५ करोड २७ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य आज १४.१९ प्रतिशतले बढ्यो ।

यस्तै दोल्ती पावर कम्पनीको सेयरमूल्य ८.४३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ६.७८, मेन्छियाम हाईड्रोपावरको सेयरमूल्य ६.६४ प्रतिशतले  बढ्यो ।

यो दिन त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात २.८७ प्रतिशतले घट्यो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.