सोमबार, श्रावण ४,२०८३ 06:55:52
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 06:55:52
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनपछि बन्द भएको तारागाउँ रिजेन्सीले बेहोर्यो रु.१४.४८ घाटा, आम्दानीमा भारि गिरावट

जेनजी आन्दोलनपछि बन्द भएको तारागाउँ रिजेन्सीले बेहोर्यो रु.१४.४८ घाटा, आम्दानीमा भारि गिरावट
New Office

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीपछि बन्द भएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले साढे १४ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनी १४ करोड ४८ लाख ३१ हजार रुपैयाँ घाटामा देखिएको हो ।  

गत आवको सोही अवधिसम्म भने कम्पनीले ३३ करोड ७५ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको थियो ।  

कम्पनीको सञ्चालन आम्दानी र अन्य आम्दानीमा भारि गिरावट आउँदा घाटा ब्यहोर्न पुगेको हो । तेस्रो त्रैमाससम्म कम्पनीको संचालन आम्दानी १७ करोड १९ लाख रुपैयाँमा सीमित छ, यो आम्दानी गत आवको तुलनामा ८४.१२ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म कम्पनीको यस्तो आम्दानी १ अर्ब ८ करोड २९ लाख रुपैयाँ रहेको थियो ।  

साथै कम्पनीको अन्य आम्दानी समेत खुम्चिएको छ । गत आवको तेस्रो त्रैमाससम्म १२ करोड ७८ लाख रुपैयाँ अन्य आम्दानी गरेको यस कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म जम्मा ६ करोड ३२ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।  

गत आवको तेस्रो त्रैमाससम्म १७.२० रुपैयाँ इपीएस रहेकोमा चालु आवको यस अवधिसम्म आइपुग्दा ७.३८ रुपैयाँ ऋणात्मक हुन पुगेको छ । साथै प्रतिसेयर नेटवर्थ १४७.३० रुपैयाँ, पीई रेसियो १०४.४७ गुणा ऋणात्मक र तरलता अनुपात १.३३ प्रतिशत रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.