काठमाण्डौ । अप्पर तामाकोशी हाइड्रोपावरले आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २८ करोड ६७ लाख ५७ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ ।
गत आवको सोही अवधिसम्म भने कम्पनीले २ अर्ब ६ करोड ७४ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य सुधार देखिदा नाफा बढ्न पुगेको हो ।
गत आवको चैत मसान्तसम्म बिद्युत बिक्रीबाट ४ अर्ब २७ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको यो कम्पनीले चालु आवको सोही अवधिसम्म आइपुग्दा ७ अर्ब ७१ करोड ८१ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यसर्थमा कम्पनीको यस्तो आम्दानी ८०.७२ प्रतिशतले बढेको छ ।
साथै सो अवधिसम्म कम्पनीको वित्त आम्दानी १ करोड २३ लाख रुपैयाँ, अन्य आम्दानी ६ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेकोमा कम्पनीको रिटेन्ड अर्निङ भने १२ अर्ब १६ करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
कम्पनीको इपीएस ९.७६ रुपैयाँ ऋणात्मक रहेकोमा सो अवधिसम्म १.३५ रुपैयाँ धनात्मक भएको छ । साथै प्रतिसेयर नेटवर्थ ४६.६९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३८३.९५ रुपैयाँ र तरलता अनुपात १.४१ प्रतिशत रहेको छ ।

