काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले पौने २ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ८० लाख रुपैयाँ घाटा ब्यहोरेको हो ।
गत आवको सोही अवधिसम्म भने कम्पनीले ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानीमा गिरावट आउँदा नोक्सान ब्यहोर्न पुगेको हो । गत आवको तेस्रो त्रैमाससम्म ६ करोड ९६ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यो कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ३५ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।
साथै कम्पनीको प्रशासनिक खर्च उल्लेख्य बढ्दा पनि घाटामा देखिएको हो । समिक्षा अवधिसम्म कम्पनीको प्रशासनिक खर्च १ करोड ४२ लाख रुपैयाँ पुगेको छ । गत आवको सो अवधिसम्म कम्पनीको यस्तो खर्च शुन्य थियो ।
सो अवधिसम्म कम्पनीको इपीएस १.९० रुपैयाँ ऋणात्मक रहेको भने बुकभ्यालु १०२.९७ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०३.३५ रुपैयाँ रहेको छ ।

