काठमाण्डौ । सिइडिबी होल्डिङ्स लिमिटेडले आम्दानीमा उल्लेख्य सुधार गर्दै नाफा ग्रोथ गरेको छ ।
चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ३४.१४ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३५ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिसम्म कम्पनीले ४८ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी पोहोरको तुलनामा २७.८७ प्रतिशत बढी हो । गत वर्ष कम्पनीले ३८ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
सो अवधिसम्म कम्पनीको चुक्तापूँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ रहेकोमा कमपनीको रिटेन्ड अर्निङ भने ७४ करोड ३९ लाख रुपैयाँबाट बढेर १ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको कुल सम्पत्तिको भ्यालु १ अर्ब ९६ करोड ३४ लाख रुपैयाँबाट बढेर २ अर्ब ७३ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको इपीएस ४५.५१ रुपैयाँबाट बढेर ६१.०५ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २५७.३६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४०.४६ गुणा र तरलता अनुपात ६३.५० प्रतिशत रहेको छ ।

