बिहीबार, बैशाख ३१,२०८३ 09:05:16
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:05:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सगरमाथा र मकालुमा वसन्तकालीन आरोहणका क्रममा ५ जनाको मृत्यु

Laxmi Sunrise Bank Limited
सगरमाथा र मकालुमा वसन्तकालीन आरोहणका क्रममा ५ जनाको मृत्यु
Shivam Cement

काठमाण्डौँ । विश्वका दुई सर्वोच्च र जोखिमपूर्ण हिमाल सगरमाथा र मकालामा यस वर्षको वसन्तकालीन आरोहण सिजनमा मानवीय क्षति बढ्दै गएको छ।

हालसम्म सगरमाथा र मकालु क्षेत्रका विभिन्न आरोहण घटनामा गरी पाँच जनाको मृत्यु भएको पर्यटन विभागले पुष्टि गरेको छ।

Bizshala
New Office
CG Motors

पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी हिमाल गौतमका अनुसार मृत्यु हुनेमध्ये तीन जना नेपाली गाइड र दुई जना विदेशी आरोही रहेका छन्।

उनका अनुसार यी घटनाहरू वसन्तकालीन आरोहण सिजनमै भएका हुन्, जसले हिमाल आरोहणको जोखिम पुनः उजागर गरेको छ।

सगरमाथा क्षेत्रमा भएको पहिलो घटनामा सेभेन ट्रेक्स प्रालिका गाइड लाक्पा डेण्डी शेर्पा (सोलुखुम्बू) को वैशाख २० गते सगरमाथा आधार शिविर नजिकै निधन भएको थियो।  

त्यसपछि वैशाख २७ गते खुम्बु आइसफल क्षेत्रमा ट्याग नेपाल ट्रेक्सका गाइड विजय घिमिरे (सोलुखुम्बू) को ज्यान गएको थियो।  

त्यस्तै, वैशाख २८ गते सगरमाथाको तेस्रो शिविर क्षेत्रमा काइटू एक्सपिडिसनका गाइड फुरा गेलजेन शेर्पा (सोलुखुम्बू) को मृत्यु भएको विभागले जनाएको छ।

त्यसैगरी, संखुवासभास्थित मकालु हिमालमा भएका दुई छुट्टाछुट्टै घटनामा विदेशी आरोहीको मृत्यु भएको छ।  

Garima Development Bank
Shivam Cement
IME remit

वैशाख २१ गते चेक रिपब्लिकका डेभिड रोविनेकको मकालु क्षेत्रमा निधन भएको थियो भने वैशाख २८ गते अमेरिकी नागरिक जोहानेस शेलीको पनि सोही हिमालमा मृत्यु भएको पर्यटन विभागले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विभागका अनुसार नेपाली गाइडहरू सम्बन्धित ट्रेकिङ कम्पनीमार्फत अनुमति लिएर आरोहणमा संलग्न थिए भने विदेशी आरोहीहरू विभिन्न अन्तर्राष्ट्रिय पर्वतारोहण टोलीका सदस्य थिए।

सगरमाथाको खुम्बू आइसफलजस्ता अत्यन्त जोखिमपूर्ण क्षेत्रदेखि उच्च हिमाली शिविरहरूमा यी दुर्घटना भएका हुन्।  

मकालु हिमालमा भने ७,२०० मिटरभन्दा माथिको ‘डेथ जोन’ क्षेत्रमा दुई विदेशी आरोहीले ज्यान गुमाएको बताइएको छ।

यस्ता दुःखद घटनाबीच पनि यस वर्षको वसन्तकालीन सिजनमा आरोहण गतिविधि भने उत्साहजनक देखिएको छ।  

पर्यटन विभागका तथ्याङ्क अनुसार सगरमाथासहित ३० वटा हिमाल आरोहणका लागि १,१३४ आरोहीले अनुमति लिएका छन्, जसका लागि १३५ वटा आरोहण टोली दर्ता भएका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.