काठमाण्डौ । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ३ करोड ३४ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड ५२ लाख रुपैयाँ नाफामा थियो ।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै कम्पनीले १ लाख ७१ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
कम्पनीको वित्तीय खर्च ५ करोड ७१ लाख, ह्रासकट्टी खर्च ५ करोड ३५ लाख र कर्मचारी सुविधा तथा प्रशासनिक खर्च ४३ लाख ४५ हजार रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.२५ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १२८.०२ रुपैयाँ र तरलता अनुपात ०.७० प्रतिशत कायम भएको छ ।

