आईतवार, श्रावण १०,२०८३ 02:59:30
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 02:59:30
Bizshala
Global IME Bank Limited

सार्वजनिक जग्गा हटाउने अभियानविरुद्ध सुकुम्बासीको बुटवलमा प्रदर्शन, वैकल्पिक व्यवस्थाको माग

सार्वजनिक जग्गा हटाउने अभियानविरुद्ध सुकुम्बासीको बुटवलमा प्रदर्शन, वैकल्पिक व्यवस्थाको माग
New Office

काठमाण्डौं । वैकल्पिक पुनर्वासको व्यवस्था नगरी डोजर चलाएर घरटहरा भत्काएको आरोप लगाउँदै अव्यवस्थित बसोबासी तथा भूमिहीनहरूले बुटवलमा विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनमा रुपन्देहीसहित २२ भन्दा बढी जिल्लाबाट आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीको ठूलो सहभागिता रहेको आयोजकले जनाएको छ। 

सहभागीहरूले सरकारले गरिब तथा सुकुम्बासी बस्तीमाथि चलाइएका हटाउने अभियान तत्काल रोक्नुपर्ने माग गर्दै दिनभर नाराबाजी गरेका थिए।  

कार्यक्रम अवधिभर सुरक्षा व्यवस्थाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

संघर्ष समितिका अनुसार करिब ३० हजारभन्दा बढी प्रदर्शनकारी सहभागी भएका थिए।  

उनीहरूले राज्यको वर्तमान नीति केवल हटाउने केन्द्रित भएको भन्दै यसले सामाजिक न्याय र मानव अधिकारमा प्रश्न उठाएको बताएका छन्।

विरोधकर्ताहरूले सार्वजनिक जग्गा संरक्षण आवश्यक भएपनि दशकौँदेखि बसोबास गर्दै आएका नागरिकलाई एकैपटक विस्थापित गर्नु समाधान नभई समस्या झन् गम्भीर बनाउने तर्क गरेका छन्।  

उनीहरूको भनाइमा राज्यले पुनर्वास, वैकल्पिक आवास र दीर्घकालीन व्यवस्थापन बिना गरिएको हटाउने कार्यले असमानता र असुरक्षा बढाएको छ।

संघर्ष समितिका सल्लाहकार विरेन्द्र विकले उचित विकल्प बिना गरिएको अभियानले देशभर करिब १२ लाखभन्दा बढी परिवार प्रभावित भएको दाबी गरे।  

उनका अनुसार करिब ५० लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्, जसले सामाजिक संरचना, रोजगारी र स्थानीय अर्थतन्त्रमा समेत असर पारेको छ।

प्रदर्शनपछि आयोजित कोणसभामा सातै प्रदेशका प्रतिनिधिहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ।  

साथै, जेठ ४ गते बुटवलमै राष्ट्रिय सम्मेलन आयोजना गरी समस्याको दीर्घकालीन समाधानका लागि विज्ञहरूको सहभागितामा बहस गरेर ठोस निष्कर्ष निकाल्ने तयारी गरिएको संघर्ष समितिले जनाएको छ।

उक्त सम्मेलनमार्फत सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय संघर्ष समिति गठन गर्ने र सरकार तथा राजनीतिक दलहरूलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाउने योजना रहेको सचिव रामचन्द्र भट्टराईले जानकारी दिएका छन्।

यस आन्दोलनप्रति नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टीसहित रुपन्देहीका १२ राजनीतिक दलले ऐक्यबद्धता जनाएका छन्।

नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रुपन्देहीको आयोजनामा भएको प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट शुरु भई मिलनचोक, अस्पताल लाइन हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.