काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्तासँगै अब उक्त पदका लागि रामचन्द्र संघई र सुरकृष्ण वैद्यबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ ।
महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन तालिकाअनुसार मतदानपछि आजै मतगणना समेत सम्पन्न गरिनेछ ।
यसैगरी, महासंघको कोषाध्यक्ष पदका लागि मनिषलाल प्रधान र अम्बिका प्रसाद पौडेल चुनावी मैदानमा उत्रिएका छन् ।
वरिष्ठ उपाध्यक्ष पदको प्रतिस्पर्धालाई महासंघको भावी नेतृत्वसँग जोडेर हेरिएको छ, किनकि वर्तमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेको छ ।

