शुक्रबार, जेष्ठ ८,२०८३ 04:34:05
Bizshala
  • शुक्रबार, जेष्ठ ८,२०८३ 04:34:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विकास निर्माणको सुस्त गतिमाथि ऊर्जामन्त्रीको कडा असन्तुष्टि, हाइड्रोपावरमा ढिलाइ बढ्दा लगानीकै औचित्यमाथि प्रश्न उठ्ने चेतावनी

Laxmi Sunrise Bank Limited
विकास निर्माणको सुस्त गतिमाथि ऊर्जामन्त्रीको कडा असन्तुष्टि, हाइड्रोपावरमा ढिलाइ बढ्दा लगानीकै औचित्यमाथि प्रश्न उठ्ने चेतावनी
Shivam Cement

काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा विकास निर्माणको ढिलासुस्ती अब आर्थिक बोझ मात्रै नभई राष्ट्रिय चुनौतीकै रूपमा देखिन थालेको बताएका छन् ।  

आयोजना समयमै सम्पन्न नहुँदा लागत अस्वाभाविक रूपमा बढ्दै गएको र त्यसले परियोजनाको प्रभावकारिता तथा लगानीको औचित्यमाथि नै प्रश्न उठाउने अवस्था सिर्जना भएको उनले बताएका हुन् ।

Bizshala
New Office
CG Motors

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा धारणा राख्दै मन्त्री श्रेष्ठले नेपालमा विकास आयोजना वर्षौंसम्म लम्बिने प्रवृत्तिका कारण राज्यको स्रोतसाधनमाथि अनावश्यक दबाब बढिरहेको बताए ।  

उनका अनुसार निर्माण ढिलाइका कारण परियोजनाको प्रारम्भिक लागत अनुमान पूर्ण रूपमा विफल हुने अवस्था सिर्जना भइरहेको छ ।

उनले विकास आयोजना महँगिनुको कारण केवल अन्तर्राष्ट्रिय बजारमा बढेको मुद्रास्फीति नभई आन्तरिक प्रशासनिक ढिलासुस्ती, कानूनी जटिलता र कमजोर कार्यान्वयन प्रणाली पनि भएको स्पष्ट पारे ।  

“समयमै सम्पन्न हुनुपर्ने आयोजना अनावश्यक रूपमा तन्किँदा लागत निरन्तर बढिरहेको छ ।  

त्यसले राज्यको लगानीमाथि मात्र होइन, विकासको विश्वसनीयतामाथि पनि असर पारिरहेको छ,” मन्त्री श्रेष्ठले भने ।

विशेषगरी ऊर्जा तथा जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको अर्बौं रुपैयाँ लगानी भइरहेका बेला आयोजना निर्धारित समयमै सम्पन्न हुन नसक्नु चिन्ताको विषय भएको उनले बताए ।  

आयोजनामा ढिलाइ हुँदा बैंकको ब्याज, निर्माण सामग्रीको मूल्यवृद्धि र प्राविधिक खर्च बढ्ने भएकाले अन्ततः परियोजनाको वित्तीय संरचनामै असर पर्ने उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले समयमै उत्पादनमा नआउने जलविद्युत् आयोजनाले निजी क्षेत्रको मनोबल कमजोर बनाउने खतरा पनि औँल्याए ।

“यदि परियोजनाहरू लगातार ढिलो हुँदै गए भने भविष्यमा हाइड्रोपावर क्षेत्रमा लगानी गर्ने वातावरण कमजोर हुन सक्छ ।  

लगानीकर्ताले प्रतिफल पाउने सुनिश्चितता नदेखेपछि यो क्षेत्रकै सान्दर्भिकतामाथि बहस सुरु हुन सक्छ,” उनले चेतावनी दिए ।

Garima Development Bank
Shivam Cement
IME remit

उनले सार्वजनिक खरिद ऐन, ठेक्का प्रक्रिया र प्रशासनिक निर्णय प्रणालीमा रहेका कमजोरीका कारण विकास आयोजना पटक–पटक अवरुद्ध हुने गरेको बताए । 

ठेक्का सम्झौता भएर काम शुरु भइसकेपछि पनि विभिन्न बहाना र कानूनी उल्झन देखाएर आयोजना रोक्ने प्रवृत्ति बढेको उनको टिप्पणी थियो ।

उनका अनुसार कतिपय अवस्थामा ठेकेदार कम्पनी र सरकारी निकायबीच समन्वय अभाव हुँदा आयोजना अलपत्र पर्ने गरेका छन् भने कतिपयमा कानूनी ‘लुपहोल्स’ को दुरुपयोग गरेर काम लम्ब्याउने प्रवृत्ति देखिएको छ ।  

यसले परियोजनाको लागत वृद्धि मात्र होइन, समग्र विकास प्रशासनप्रतिको जनविश्वास पनि कमजोर बनाएको उनले बताए ।

मन्त्री श्रेष्ठले यस्ता समस्याको समाधानका लागि नीतिगत तथा कानूनी सुधार अपरिहार्य रहेको उल्लेख गर्दै आगामी बजेटपछि यस विषयमा गम्भीर राष्ट्रिय बहस हुनुपर्ने बताए ।  

विकास आयोजनामा देखिएको अनिश्चितता र प्रक्रियागत झन्झटले वैदेशिक लगानीकर्तासमेत नेपालप्रति सशंकित बन्न थालेको उनको भनाइ थियो ।

उनले पूर्वाधार विकास समितिलाई पनि योजनाको प्रभावकारी अनुगमन गर्न आग्रह गरे ।  

संसदीय समितिले नियमित रूपमा आयोजना प्रगति मूल्यांकन गर्ने प्रणाली विकास गर्न सके निर्माण कम्पनी, सरकारी निकाय र सम्बन्धित पक्षमा जिम्मेवारीबोध बढ्ने उनले बताए ।

मन्त्री श्रेष्ठले विकास निर्माणलाई प्रभावकारी बनाउन राजनीतिक इच्छाशक्ति, प्रशासनिक दक्षता र स्पष्ट कानूनी संरचना आवश्यक रहेको उल्लेख गर्दै अहिले नै सुधारको पहल नगरे नेपालका ठूला आयोजना भविष्यमा अझ महँगा, विवादित र अविश्वसनीय बन्न सक्ने चेतावनी दिए ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.