शुक्रबार, जेष्ठ ८,२०८३ 06:46:01
Bizshala
  • शुक्रबार, जेष्ठ ८,२०८३ 06:46:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मधेश सरकार जोगियो, मुख्यमन्त्री यादवले पाए विश्वासको मत, ६२ मतसहित प्रदेशसभाको समर्थन

Laxmi Sunrise Bank Limited
मधेश सरकार जोगियो, मुख्यमन्त्री यादवले पाए विश्वासको मत, ६२ मतसहित प्रदेशसभाको समर्थन
Shivam Cement

काठमाण्डौं । मुख्यमन्त्री कृष्ण यादवले मधेश प्रदेशसभाबाट विश्वासको मत पाएपछि आफ्नो नेतृत्वको सरकार जोगाउन सफल भएका छन् ।  

शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा बहुमत सांसदहरूले यादवको पक्षमा मत दिँदै सरकारलाई निरन्तरता दिएका हुन् ।

Bizshala
New Office
CG Motors

प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको थियो भने विपक्षमा ३६ मत परेको थियो ।  

मतदानका क्रममा कुल १०० जना प्रदेशसभा सदस्य उपस्थित थिए ।

नेकपा (एमाले) सरकारमा सहभागी भएपछि मधेश प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको थियो ।  

त्यसपछि नेपाली कांग्रेस, एमाले, नेपाल सङ्घीय समाजवादी पार्टी लगायतका दलहरू यादव नेतृत्वको सरकारको पक्षमा उभिएका हुन् ।

यता जनता समाजवादी पार्टी नेपालले भने मुख्यमन्त्री यादवप्रति असन्तुष्टि जनाउँदै विश्वासको मतको विपक्षमा मतदान गरेको छ ।  

जसपा नेपालले आफ्ना मन्त्रीहरूलाई सरकारबाट हटाइएको र राजनीतिक रूपमा बेवास्ता गरिएको आरोप लगाएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

पार्टीले आफूहरूसँग औपचारिक रूपमा विश्वासको मत माग्ने पहलसमेत नगरिएको भन्दै सरकारविरुद्ध उभिने निर्णय गरेको जनाएको छ ।

त्यस्तै जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकारको विपक्षमा मतदान गरेका छन् ।

विश्वासको मत पाएसँगै यादव नेतृत्वको सरकार तत्कालका लागि सुरक्षित देखिए पनि मधेश प्रदेशको राजनीति भने अझै अस्थिर र संवेदनशील अवस्थामै रहेको विश्लेषण भइरहेको छ ।  

सत्ता गठबन्धन फेरबदल, दलहरूबीच बढ्दो अविश्वास र शक्ति सन्तुलनको प्रतिस्पर्धाले आगामी दिनमा मधेस प्रदेशको राजनीतिमा थप उतारचढाव आउन सक्ने संकेत देखिएको राजनीतिक वृत्तको भनाइ छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.