शनिबार, जेष्ठ ९,२०८३ 11:04:02
Bizshala
  • शनिबार, जेष्ठ ९,२०८३ 11:04:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लामो दूरीका बसमा अब ‘लगेज ट्याग’ अनिवार्य, जेठ १५ देखि नयाँ सुरक्षा प्रणाली लागू हुने

Laxmi Sunrise Bank Limited
लामो दूरीका बसमा अब ‘लगेज ट्याग’ अनिवार्य, जेठ १५ देखि नयाँ सुरक्षा प्रणाली लागू हुने
Shivam Cement

काठमाण्डौं । काठमाडौँ उपत्यकाबाट सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधनमा अब यात्रुको सामान व्यवस्थापनलाई थप सुरक्षित र व्यवस्थित बनाउन ‘लगेज ट्याग प्रणाली’ लागू गरिने भएको छ ।  

यात्रुको झोला हराउने, साटिने तथा चोरी हुने समस्या न्यूनीकरण गर्ने उद्देश्यसहित नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको हो ।

Bizshala
New Office
CG Motors

यस सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक सम्झौता भएको छ ।  

सम्झौतामा ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी र महासङ्घका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार आगामी जेठ १५ गतेदेखि लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुका सामानमा अनिवार्य रूपमा नम्बरयुक्त वा कोडसहितको विशेष ट्याग प्रयोग गरिनेछ ।  

बसमा राखिएको सामान र यात्रुलाई दिइएको ट्याग नम्बर मिलाएपछि मात्रै गन्तव्यस्थलमा लगेज हस्तान्तरण गरिने व्यवस्था लागू गरिने बताइएको छ ।

नयाँ प्रणालीले सार्वजनिक यातायात क्षेत्रमा देखिँदै आएको लगेज सुरक्षासम्बन्धी समस्यालाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार सार्वजनिक बस सेवामा यात्रुको झोला हराउने, चोरी हुने, साटिने तथा शंकास्पद गतिविधि हुने गुनासो बढिरहेका बेला सुरक्षा र व्यवस्थापनलाई बलियो बनाउन यस्तो प्रणाली आवश्यक ठानिएको हो ।

उनका अनुसार यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच सहकार्य गरी यो अभ्यास सुरु गर्न लागिएको हो ।

प्रारम्भिक चरणमा लामो दूरीका बसमा लागू गरिने यो प्रणाली प्रभावकारी देखिए भविष्यमा थप विस्तार गर्न सकिने संकेतसमेत दिइएको छ ।

राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले हवाई सेवामा प्रयोग हुँदै आएको लगेज व्यवस्थापन अभ्यासलाई अब सार्वजनिक बस सेवामा पनि लागू गर्न लागिएको बताए । 

उनका अनुसार लामो समयदेखि यात्रुको सामान हराउने, गलत व्यक्तिले लैजाने वा झोला साटिने समस्या यातायात क्षेत्रको चुनौती बन्दै आएको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

व्यवसायीहरूको भनाइमा विशेषगरी चाडपर्व, अत्यधिक भीडभाड हुने समय तथा रात्रीकालीन यात्राका क्रममा लगेज हराएको गुनासो बढी आउने गरेको छ ।  

कतिपय अवस्थामा सार्वजनिक सवारी साधनको प्रयोग गरी अवैध सामग्री ओसारपसार हुने जोखिमबारे पनि सुरक्षा निकायले चासो व्यक्त गर्दै आएका थिए ।  

नयाँ ट्याग प्रणाली लागू भएपछि यस्ता गतिविधिमा कमी आउने विश्वास गरिएको छ ।

प्रणालीअन्तर्गत टिकट काउन्टर वा बस प्रस्थानस्थलमै यात्रुको सामानमा विशेष ट्याग जडान गरिनेछ ।  

सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ र अन्तिम गन्तव्यमा पुगेर नम्बर प्रमाणीकरण भएपछि मात्रै सामान बुझाइने व्यवस्था मिलाइनेछ ।

ट्राफिक प्रहरीका अनुसार आगामी दिनमा यो प्रणालीलाई थप प्रविधिमैत्री बनाउने तयारीसमेत भइरहेको छ ।  

आवश्यकताअनुसार क्युआर कोड, डिजिटल अभिलेख वा अनलाइन ट्र्याकिङ प्रणालीसमेत समावेश गर्न सकिने योजना रहेको जनाइएको छ ।

यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबारदेखि “सडक तथा सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान–२०८३” पनि शुरु गरेको जनाएको छ ।

वर्षायाममा हुने सडक दुर्घटना, पहिरो, डुबान तथा यातायात अवरोधलाई लक्षित गर्दै अभियान सञ्चालनमा ल्याइएको हो ।

अभियानअन्तर्गत मनसुन अवधिमा सवारी साधनको प्राविधिक परीक्षण, चालकको स्वास्थ्य अवस्था जाँच, जोखिमयुक्त सडकको निगरानी तथा यात्रु सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी ट्राफिक प्रहरीले दिएको छ ।

सार्वजनिक यातायात क्षेत्रमा सुरक्षामुखी नयाँ अभ्यासका रूपमा हेरिएको लगेज ट्याग प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भए यात्रुको विश्वास बढ्ने, सामान सुरक्षामा सुधार आउने र सार्वजनिक यातायात सेवा थप व्यवस्थित तथा भरपर्दो बन्ने अपेक्षा गरिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.