शनिबार, जेष्ठ ९,२०८३ 11:03:51
Bizshala
  • शनिबार, जेष्ठ ९,२०८३ 11:03:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कांग्रेसभित्र अनुशासन तोड्नेलाई जिम्मेवारीबाट हटाइने सभापति थापाको चेतावनी

Laxmi Sunrise Bank Limited
कांग्रेसभित्र अनुशासन तोड्नेलाई जिम्मेवारीबाट हटाइने सभापति थापाको चेतावनी
Shivam Cement

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र संगठनात्मक अनुशासन र प्रक्रिया अवरुद्ध गर्ने गतिविधि सह्य नहुने भन्दै जिम्मेवारीबाट हटाउने स्पष्ट संकेत गरेका छन् ।

शनिबार बिहान नेता डा. शेखर कोइरालाको निवासमा सञ्चारकर्मीसँगको कुराकानीमा सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिकलाई रोक्ने वा ढिलाइ गर्ने कुनै पनि प्रयासले पार्टीको आन्तरिक लोकतान्त्रिक संरचनामै असर पार्ने बताए ।  

 

Bizshala
New Office
CG Motors

उनका अनुसार संगठनलाई पारदर्शी र जवाफदेही बनाउने आधार नै सदस्यता प्रणाली भएकाले त्यसमा हस्तक्षेप स्वीकार्य हुन सक्दैन ।

उनले प्रक्रिया अघि बढाउन जिम्मेवारीमा रहेका व्यक्तिहरू असफल भएमा वा अवरोध सिर्जना गरेमा “धन्यवादसहित जिम्मेवारी परिवर्तन” गर्ने अभ्यास सुरु भइसकेको उल्लेख गरे ।

सभापति थापाले भने, “जहाँबाट पनि सदस्यता अद्यावधिकमा अवरोध हुन्छ भने विधानअनुसार जिम्मेवारी फेरिन्छ, प्रक्रिया अघि बढिसकेको छ।”

सभापति थापाका अनुसार क्रियाशील सदस्यताको तथ्याङ्क अद्यावधिक हुनु केवल प्रशासनिक काम मात्र नभई पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ बनाउने आधार हो ।  

यसले भविष्यमा उम्मेदवार छनोटदेखि संगठन सञ्चालनसम्मका सबै प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन मद्दत गर्ने उनले बताए ।

उनले पार्टीभित्र समिति गठन, संरचना निर्माण र निर्णय प्रक्रियामा सहमतिमै अघि बढ्न आफू तयार रहेको स्पष्ट पारे ।  

 

Garima Development Bank
Shivam Cement
IME remit

तर, सहमतिको नाममा काम नै अवरुद्ध गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनको जोड थियो ।

सभापति थापाले भने, “कसलाई कहाँ राख्दा सहज हुन्छ, सबैले सुझाव दिनुस्, म सहमत छु। समिति पनि सहमतिमा बनाऔं, निर्वाचन पनि सहमतिमा गरौं, तर प्रक्रिया रोक्ने कुरा स्वीकार्य हुँदैन।”

सभापति थापाले नेतृत्व लचिलो भएपनि संगठनात्मक अनुशासनमा कडाइ आवश्यक हुने संकेत गर्दै पार्टीलाई सक्षम, प्रतिस्पर्धी र पारदर्शी बनाउने दिशामा अघि बढ्नुपर्ने बताए ।

फरक प्रसंगमा उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयलाई गम्भीर भन्दै तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरे ।  

उनले भने, “यदि हाम्रो भनाइ गलत हो भने प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस्।”

सभापति थापाको अभिव्यक्तिले कांग्रेसभित्र संगठन व्यवस्थापन, आन्तरिक शक्ति सन्तुलन र नेतृत्व शैलीबारे बहस थप चुलिएको देखिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.