काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गणेश कुमार केसी नियुक्त भएका छन् । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले केसीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
केसीलाई जेठ ११ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओको जिम्मेवारी प्रदान गरिएको हो । हालसम्म उनी बैंकमा नायब सीईओको रुपमा कार्यरत थिए ।

