Bizshala
  • बिहीबार, जेष्ठ १४,२०८३ 01:54:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

२४ घण्टामा २ हजारभन्दा बढी चालक कारबाहीमा, २२ लाख राजस्व संकलन

Laxmi Sunrise Bank Limited
२४ घण्टामा २ हजारभन्दा बढी चालक कारबाहीमा, २२ लाख राजस्व संकलन
Shivam Cement

काठमाण्डौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकविरुद्ध निगरानी कडा बनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २ हजार ५५ सवारी चालक कारबाहीमा परेका छन् भने त्यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

Bizshala
New Office
CG Motors

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८३ जना चालक पक्राउ परेका छन् ।  

त्यस्तै नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १ सय ९२ जना, ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने १ सय ९ जना तथा अत्यधिक गतिमा सवारी चलाउने १ सय २ जना चालक कारबाहीमा परेका छन् ।

लेन अनुशासन उल्लङ्घन गर्ने १ सय ४६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ३ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १ सय १२ जना र एकतर्फी सडकमा सवारी चलाउने ८५ जनामाथि पनि कारबाही गरिएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

यसका अतिरिक्त अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १ सय २३ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पछिल्लो समय उपत्यकामा दुर्घटना न्यूनीकरण, सडक अनुशासन कायम तथा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन चेकिङ र निगरानी बढाइएको छ ।  

ट्राफिक प्रहरीले चालकहरूलाई नियम पालना गरेर सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.